default_image

ताजा समाचारहरु

December 1, 2024

नेत्रहिन विश्व कप – नेपाल फाइनल पुग्न सकेन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपको‌ फाइनल पुग्न असफल भएको छ। नेत्रहिन विश्व कपको १२ वर्षे यात्राम पहिलो पटक सेमिफाइनल पुगेको नेपाल फाइनल पुग्न भने सकेन । आइतवार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलोपछि नेपालको यात्रा सेमिफाइनलमा सकिएको हो । नेपाली टोलीले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले […]

December 1, 2024

बंगलादेशविरुद्ध नेपाल १ सय ४१ रनमा अल आउट

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा नेपाल १ सय ४१ रनमा अल आउट भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतवार टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भयो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम […]

December 1, 2024

लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ। एनसेल र लुम्बिनीबीच आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरे। एनसेलले एनपिएललाई पनि पावर्ड बाई गरेको छ। जिसी, काइमोभ, टोलीका ब्रान्ड एम्बेसडर […]

December 1, 2024

यु-१९ एसिया कप – नेपाल ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – युएईमा जारी एसिसी यु-१९ एसिया कपमा नेपाल र बंगलादेशबीचको खेल सुरू भएको छ। दुबई इन्टरनेशनल क्रिकैट स्टेडियममा नेपालले ब्याटिङ सुरू गरेको छ। टस जितेर बंगलादेशले फिल्डिङ रोजेको हो। नेपालको ओपनरद्वय आकाश त्रिपाठी र मयान यादव क्रिजमा रहेका छन्। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो। समूह बीमा नेपल, बङ्गलादेश, […]

December 1, 2024

वेस्ट ह्यामलाई हराउँदै आर्सनल दोस्रो स्थानमा

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले शनिवार वेस्ट ह्याममाथि ५-२ ले हरायो। वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनलको जितमा बुकायो साका, ग्याब्रियल, लियान्ड्रो ट्रोसार्ड, मार्टिन ओडेगार्ड र काई हाभर्ट्जले गोल गरे । घरेलु टोलीका लागि भने इमेर्सन र आरोन विसाकाले गोल गरे । सबै गोल पहिलो […]

December 1, 2024

बार्सिलोना घरमै पराजित

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा सिजनमा पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा लास पाल्मासले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको हो । पाल्मासले बार्सिलोनामा ५० वर्षपछि जित हासिल गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा पाहुना टोलीका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले गोल गरे । बार्सिलोनाका लागि राफिन्हाले […]

December 1, 2024

यु १९ एसिया कप – पहिलो जितको खोजीमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – युनाईटेड अरब इमिरेट्स(युएई) मा जारी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल पहिलो जितको खोजीमा रहेको छ । उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावना […]

November 30, 2024

एसियन प्यासिफिक कराते – नेपाललाई २ स्वर्णसहित ९ पदक

काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा सन्चालन भएको १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ । नेपालको लागि सिनियर महिला तर्फ ६८ केजी तौल भन्दा माथि समुहमा १९ ओै एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला […]

November 30, 2024

नेत्रहिन विश्व कप – नेपाल पहिलो पटक सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो । नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको छ । नेपालले आइतवार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान […]

November 30, 2024

यु १९ एसिया कप – पाकिस्तानसँग भारत पराजित

एजेन्सी – युएईमा जारी यु १९ एसिया कपमा पाकिस्तानले भारतलाई पराजित गरेको छ । पाकिस्तानले शनिवार भारतलाई ४३ रनले पराजित गरेको हो । २ सय ८२ रनको लक्ष्य पछ्याएको भारत ४७.१ ओभरमा २ सय ३८ रन जोड्दै अल आउट भयो । भारतका निखिल कुमारले ७७ बलमा ६७ तथा मोहम्मद इनानले २२ बलमा ३० रन जोडे […]

Success

Thank you for your time.