default_image

ताजा समाचारहरु

October 21, 2024

कुशल र ललित टिममा – नेपाल पहिले बलिङमा

काठमाडौं(हाम्रो खेलकुद) – कुशल मल्ल र ललित राजवंशी टिममा फर्किदा अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टीमा टस हारेर नेपालले बलिङको निम्ता पाएको छ । डालसको ग्राण्ड प्रेरीमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो । नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आइतवार अमेरिकाविरुद्ध खेलेका करण केसी तथा सागर ढकाल […]

October 20, 2024

महिला टि ट्वान्टी विश्वकप – न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन

एजेन्सी – न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो । तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो । न्युजिल्यान्ड सन् २००९ […]

October 20, 2024

महावीरको‌ जित

काठमाडौं (हाम्रो खेलकुद )- फुटबलर्स मिसन टुगेदरदको‌ आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा आइतवार महावीर क्लब,फ्रिडम फाईटर र हाम्रो धरान भेट्रान विजयी भएका छन्। थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको खेलमा महावीरले विजय युथ क्लबलाई ४-० ले पराजित गरेको छ । महावीरका किशोर नेपाली, टिका वहादुर उप्रेती, विक्रम कार्की र भरत गुरुङले गोल गरेका […]

October 20, 2024

पाकिस्तानका तलातले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टेष्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ । कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले हुसैन अनुबन्ध भएको बताएका छन् । ‘आगामी लिगको लागि कर्णाली याक्सले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरेको छ,’ घिमिरेले भने, ‘तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास […]

October 20, 2024

सिटीको अपराजित यात्रा कायमै

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आफ्नो अपराजित यात्रा जारी राखेको छ । इपिएलको सहभागी २० टोलीमा सिटी मात्रै यस सिजनको अपराजित टोली हो । आठौं खेलमा अपराजित यात्रा जारी राख्ने क्रममा सिटीले आइतवार वल्भ्सलाई २-१ ले पराजित गरेको हो । वल्भ्सको मैदानमा भएको खेलमा सिटीलाई जितमा जोस्को ग्वार्डिओल र जोन […]

October 20, 2024

झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापा-११ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा भोजपुर जिल्ला फुटबल संघलाई आइतवार ३-० ले पराजित गर्दै झापा-११ अन्तिम चारमा पुगेको हो । बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल खेलको दोस्रो मिनेटमै निरज कार्कीको गोलबाट अग्रता लिएको थियो […]

October 20, 2024

अमेरिकाविरुद्धको सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा नेपाल घरेलु टोली अमेरिकासँग सोमवार बिहान खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरीमा अन्तिम टि ट्वान्टी आईमा घरेलु टोली र नेपालबीचको खेल नेपाली समय अनुसार सोमवार बिहान ५ः४५ बजे सुरु हुनेछ । अन्तिम टि ट्वान्टी आईमा अमेरिकालाई पराजित गरि नेपाल दोस्रो पटक सिरिज क्लिन स्विप गर्ने […]

October 20, 2024

नेदरल्याण्ड्सका लिडे पोखराबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा भित्र्याएको छ । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा लिडेलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौसलाई टोलीमा भित्राएको थियो । लिडेले नेदरल्यान्ड्सका लागि ३८ टि ट्वान्टी आईमा र ४३ ओडिआईमा १ हजार ६ […]

October 20, 2024

साविक विजेता बंगलादेश हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत साविक विजेता बंगलादेश पाकिस्तानसँग हारबाट जोगिएको छ । समूह ए को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको इन्ज्युरी समयमा गोल खाँदै १-१ को बराबरी खेलेको हो । पहिलो हाफमा लिएको अग्रता जोगाएपछि पाकिस्तानले साविक विजेतालाई स्तब्ध बनाउन नजिक पुगेपनि अन्तिम समयमा गोल खान पुग्यो । बराबरीका बाबजुद […]

October 20, 2024

साविक विजेता बंगलादेशविरुद्ध पाकिस्तानलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेशविरुद्ध अग्रता लिएको छ । पहिलो हाफको खेल सकिँदा पाकिस्तान १-० ले अघि छ । खेलमा बंगलादेशले बढी आक्रमण बुनेपनि पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लिएको हो । २१ औं मिनेटमा बंगलादेशकी ऋतु चक्माले बायाँ विंगबाट दिएको […]

Success

Thank you for your time.