January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली १९ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड– २०८० मा सर्वोत्कृष्ट खेलाडीको अवार्ड र पुरस्कृत भएका छन् । महिलाबाट एरिका र पुरुषबाट विजय पुरस्कृत भएका हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआपिए) को आयोजनामा तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा शनिवार भएको कार्यक्रममा एरिका र विजयले समान […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को महिना आयोजना हुने यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा […]
January 4, 2025
लमजुङ (हाम्रो खेलकुद) – पहिलो सहभागितामै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब ३२औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन पटकको च्याम्पियन बुद्ध युवा क्लब (बिवाइसी) भोेटेवडार लमजुङलाई शनिवार टाइब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को चौथो दिन शनिवार,नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल एसोसिएसन विजयी भएका छ । गुजरातले नेपाल एपिएफ क्लबलाई ३-१ सेटमा पराजित गरेको छ । एपिएफले पहिलो सेट २५-२१ ले जिते पनि लगातार तीन सेटमा हार बेहोर्दै खेल […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) –किंग्स क्रिकेट एकेडेमीले स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा आज भएको फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो । ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । किंग्सका ओपनर आश्रय […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबले जितबाट एन्फा महिला लिगको अन्तिम चरणको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शनिवार एपिएफले बागमती युथ क्लबलाई ५-१ ले हरायो । पहिलो चरणको लिगमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणका लागि छनोट भएको एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ह्याट्रिक पूरा गरिन् । एपिएफकी सविता राना मगर […]
January 4, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया सस्तैमा समेटिएको छ । बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया १ सय ८१ रनमा समेटिएको हो । अस्ट्रेलियाका लागि बेयु वेबस्टारले सर्वाधिक ५७ रन जोडे । यसै टेस्टमा डेब्यु गरेका उनले १ सय ५ बलको सामना गर्दै ५ चौका […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा लामो समय पछि रातो बल र सेतो पोशाकको क्रिकेट फर्किएको छ । सन् २०१९ मा इङग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालले पछिल्लो पटक रातो बलको क्रिकेट खेलेको थियो । त्यो खेल केबल राष्ट्रिय टोलीमा रहेका केही खेलाडीको लागि अवसर थियो । आइतवार सुरु हुने जय ट्रफी मेन्स एलिट कपमा भने धेरै […]
January 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ओपनर आसिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । पर्सा वीरगन्ज निवासी २३ वर्षीय आसिफले आरजु खातुनसँग शुक्रवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आसिफका दाजु आरिफ शेखको बिहीवार विवाह भएको थियो । आसिफ ३ वर्ष यता राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । घरेलु क्रिकेटमा आसिफ विभागीय […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]