default_image

ताजा समाचारहरु

December 6, 2024

न्युजिल्यान्डविरुद्ध ह्यारी ब्रुकको अर्को शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]

December 6, 2024

जसले सेलेब्रेसन कै कारण नेपालको खेल गुमाए

भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]

December 6, 2024

दसौं राष्ट्रिय खेलकुद चैतमा !

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी […]

December 6, 2024

गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

December 6, 2024

स्टार्कको ६ विकेटमा भारत सस्तैमा अल आउट

एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गतको दोस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली भारत १ सय ८० रनमा अल आउट भएको छ । दोस्रो टेस्टको पहिलो इनिङमा शुक्रवार टस जितेर ब्याटिङ गरेको भारतले मिचेल स्टार्कको ६ विकेट लिएपछि भारत सस्तैमा समेटिएको हो । भारतका लागि युवा ब्याटर नितिसकुमार रेड्डीले सर्वाधिक ४२ रन जोडे । उनले ५४ […]

December 6, 2024

रोहितको अर्धशतकमा पोखरालाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कीर्तिपुरको टियु मैदानमा शुक्रवारको दोस्रो खेलमा लुम्बिनीले पोखरालाई १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको […]

December 6, 2024

लुम्बिनीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङ रोजेका हुन् । बिहीवार जनकपुर बोल्ट्ससँग खेलेको टिममा पोखराले कुनै परिवर्तन गरेको छैन । पोखरा एभेन्जर्सको प्लेईङ-११ कुशल भुर्तेल, दिलिप नाथ, सागर ढकाल, दिनेश खरेल, […]

December 6, 2024

चितवनलाई हराउँदै कर्णालीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा शुक्रवारको पहिलो खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हराएको छ । १ सय ३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका ओपनर शिखर धवनले […]

December 6, 2024

बोपाराको अर्धशतकमा कर्णालीलाई सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – रवि बोपाराको अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई सामान्य लक्ष्य दिएको छ । शुक्रवारको पहिलो खेलमा टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल तयार गर्यो । चितवनका बोपारले सर्वाधिक ५९ रन जोडे । उनले […]

December 6, 2024

कर्णालीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर बलिङ रोजेका छन् । बुधवार काटमाडौं गुर्खाजसँगको खेलमा टिममा कर्णालीले २ परिवर्तन गरेको छ । कर्णालीले भुवन कार्कीको स्थानमा युनिश विक्रम सिंह ठकुरी र बाबर […]

Success

Thank you for your time.