default_image

ताजा समाचारहरु

October 23, 2024

नेदरल्यान्ड्सका लेभिटले काठमाडौंबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्यान्ड्सका क्रिकेटर माइकल लेभिटले काठमाडौं गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा माथिल्लो क्रमका विष्फोटक ब्याटर लेभिटलाई टोलीमा अनुबन्ध गरेको बुधबार सामाजिक संजालमार्फत जनाएको छ । २१ वर्षिय लेभिटले हालसम्म नेदरल्यान्ड्सका लागि ८ ओडिआई तथा १७ टि ट्वान्टी आई खेलेका छन् । टियु […]

October 23, 2024

इङ्ग्ल्यान्डका मुर्स लुम्बिनीबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्यान्डका क्रिकेटर टम मुर्सले लुम्बिन लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । लुम्बिनीले पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर तथा बायाँ हाते ब्याटर मुर्सलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ । २८ वर्षिय मुर्सले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा भने मौका पाएका छैनन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट अनुभव नभएका […]

October 23, 2024

नासरसँग इरानी क्लब पराजित

एजेन्सी – साउदी अरेबियाको क्लब अल नासरले एसियन च्याम्पियन्स लिग एलिटमा इरानी क्लब इस्टेगलएल एफसीलाई पराजित गरेको छ । राशिद स्टेडियम दुबईमा भएको खेलमा नासरले मंगलवार एस्टेगलएल एफसीलाई १-० ले पराजित गर्यो । नासरको जितमा अमेरिक लोम्पार्टले गोल गरे । खेलको ८१औं मिनेटमा लोम्पार्टले गरेको गोल नै निर्णायक बन्यो । जितपछि नासर ३ खेलमा ७ […]

October 23, 2024

डर्टमन्डमाथि रियलको जित

एजेन्सी – स्पेनिस टोली रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा मंगलबार जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा रियलले ५-२ जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गर्दा एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले समान १ गोल थपे । डर्टमन्डका लागि डोनिल मलेन […]

October 23, 2024

अमेरिकामा नेपाली टोली पराजित

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ‘ए’ सँगको ५० ओभरको अभ्यास खेलमा नेपाल टोली पराजित भएको छ । अमेरिकाको डालसस्थिती ग्राण्ड प्रेरीमा बुधवार बिहान भएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग ४ विकेटले पराजित भयो । ८१ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । टस हारेर ब्याटिङको निम्ता पाएको नेपाल २५.३ओभरमा […]

October 22, 2024

मिसन २०२६ को प्रशिक्षण मंसिरबाट पुनः सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २० औं एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष […]

October 22, 2024

साविक विजेता प्रदीपको जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलवार जित हासिल गरेका छन् । उपाधिमा ह्याट्रिक गर्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप पछिल्लो दुई संस्करणका विजेता विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई […]

October 22, 2024

राष्ट्रिय र्यापिड बुद्धिचालमा क्षितिज अगाडि

कन्चनपुर (हाम्रो खेलकुद)– दोश्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा मंगलवार सुरु भएको छ । राष्ट्रिय बुद्धिचालका शीर्ष ६३ खेलाडी सहभागी रहेको प्रतियोगितामा बाँकी ४ चरणका खेल बुधवार हुनेछन् । नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न भएका छन् । एफएम क्षितिज […]

October 22, 2024

आइएसएफ जिम्नासाइडमा नेपाली खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको मानामा हुने आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको आइएसएफ जिम्नासाइड बुधवार सुरु हुनेछ । गेम्समा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधवार त्यसतर्फ जाँदैछ । […]

October 22, 2024

भेट्रान्स फुटबलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा मंगलवार त्रिभुवन आर्मी फुटबल क्लब, किङकम स्पोर्टस क्लब र एनआरटी विजयी भएका छन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको दिनको पहिलो खेलमा राजु तामाङ र सन्तोष नेपालीको समान २ गोलमा आर्मीले धरान सिटी एफसीलाई ५–२ ले पराजित गर्यो । आर्मीका लागि […]

Success

Thank you for your time.