default_image

ताजा समाचारहरु

April 8, 2025

रुपन्देही र दाङ सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल लगातार दोस्रो खेल जित्दै रुपन्देही र दाङ लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा मंगलवार भएको खेलमा दाङले पाल्पालाई १६ रन हरायो। घोराहीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दाङले ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । जसमा तुलबहादुर […]

April 8, 2025

कोलकाताले टस जित्यो

एजेन्सी –  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा टस जितेको छ। इडन गार्डेन्समा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ। यो जारी आइपिएलको २१ औं खेल हो । यसअघिको खेलमा कोलकाताले सनराइजर्स हैदराबाद र लखनउले मुम्बई इन्डियन्सलाई हराएको थियो। दुवै टोली लगातार दोस्रो जितको प्रयासमा हुनेछन्। कोलकाताको प्रदर्शन अहिलेसम्म स्थिर […]

April 8, 2025

आर्सनलले रियललाई रोक्न सक्ला ?

एजेन्सी – रियल म्याड्रिड लगातार पाँचौं सिजन युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इंग्लिस प्रिमियर लिग क्लबको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। अघिल्ला सिजनहरूमा लिभरपुल, चेल्सी (दुईपटक) र म्यानचेस्टर सिटीले रियललाई नकआउट गर्न सकेनन् । यसपटकले रियलविरुद्ध आर्सनलले कस्तो प्रदर्शन गर्नेछ त्यो चासो विषय हुनेछ। बुकायो साकाको चोटपछि पुनरागमनले आर्सनललाई बलियो बनाउनेछ […]

April 8, 2025

आइपिएलमा २ खेल- पहिलोमा कोलकाता र लखनउ खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुनेछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइ मटस्बीच हुनेछ। यो जारी आइपिएलको २१ औं खेल हो । कोलकाताको इडन गार्डेन्समा खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। यसअघिको खेलमा कोलकाताले सनराइजर्स हैदराबाद र लखनउले मुम्बई इन्डियन्सलाई हराएको थियो। दुवै टोली […]

April 8, 2025

टाइम्सलाई साबा क्लब च्याम्पियनसिपमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ। टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो। पहिलोमा ३०-१२, दोस्रोमा […]

April 8, 2025

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकप सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार राति भएको खेलमा अर्को ‘ए’ डिभिजन टोली फ्रेण्डस क्लबलाई १-० ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो। योसँगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि बुधवार आयोजक […]

April 8, 2025

न्युक्यासल पाँचौं स्थानमा उक्लियो

एजेन्सी – न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमवार लेस्टर सिटीलाई ३-० ले हराउँदै युइएफए च्याम्पियन्स लिगमा छनोट हुने आशा बलियो बनाएको छ। घरेलु मैदान किङ पावर स्टेडियममा हार बेहोरेको लेस्टर रेलिगेसन नजिक पुगेको छ। शीर्ष चारको दौडमा रहेका अन्य टोलीहरुले अंक गुमाएपछि न्युक्यासलले अवसरको फाइदा उठाउँदै तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। ज्याकब मर्फीका खेल सुरु […]

April 7, 2025

रोयल च्यालेन्जर्सको तेस्रो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले तेस्रो जित निकालेको छ। बैंगलुरुले आज मुम्बई इण्डियन्सलाई १२ रनले हरायो। जितको लागि २ सय २२ रनको चुनौती पाएको मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो। ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए। यी दुई खेलाडी आउट […]

April 7, 2025

सूर्य नेपाल एनपिजिए म्याच प्ले हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा भोलि सुरु हुँदैछ। सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको आठ मध्ये यो अलग फरम्याटको प्रतियोगिता हो। म्याच प्लेमा गत सिजनको अर्डर अफ मेरिटमा पहिलो देखि १६ औं वरियताका खेलाडीले प्रतिस्पर्धा गर्न पाउँछन्। पहिलो दिन पहिलो चरणमा ८ जोडीले एक अर्कासँग क्वाटर फाइनल प्रवेशको […]

April 7, 2025

राइजिङ स्टार महिला फुटबलको सेमिफाइनलमा

सुमन अधिकारी,बुटवल सडेन डेथमा चितवनको वसन्तपुर युनाइटेड क्लब चितवनलाई हराउँदै कपिलवस्तु राइजिङ स्टार युथ क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा वसन्तपुर र राइजिङबीच सोमवार भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुट आउटमा ४–४ गोल भएपछि खेल सडेन डेथमा गएको थियो […]

Success

Thank you for your time.