default_image

ताजा समाचारहरु

October 30, 2024

तामाङले मुख्य प्रशिक्षक पद त्यागे

काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद त्याग गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको‌ पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले […]

October 30, 2024

मोहम्मद नावीका छोरा चितवनबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले अफगानिस्तानका लिजेन्ड अलराउन्डर मोहम्मद नावीका छोरालाई अनुबन्ध गरेको छ । टोलीका तेस्रो विदेशी खेलाडी रुपमा चितवनले हसन इसाखिललाई अनुबन्ध गरेको बुधवार विज्ञप्तीमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांगलाई अनुबन्ध गरेको थियो । दोस्रो […]

October 30, 2024

नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन

सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]

October 30, 2024

फाइनलको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]

October 30, 2024

फाइनलका लागि नेपाली टोलीको पहिलो रोजाइ सार्वजनिक, रेखाको ठाउँमा सरु

काठमाडौं (हाम्रो खेलकुद)-  नेपालले महिला साफ च्याम्पियनसिपको बंगालादेशलेविरुद्धको पहिलो रोजाइमा १ खेलाडी परिवर्तन गरेको‌ छ। सेमिफाइनलमा भारतविरुद्ध खेलमा रातो कार्ड पाएकी रेखा पौडेल‌को ठाँउमा सरु लिम्बुले पहिलो रोजाइमा मौका पाएकी छिन्। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । बंगलादेशविरुद्ध को पहिलो रोजाइमा सरु, एन्जिलासहित पहिलो रोजाईमा पुजा राना, विमला विक, […]

October 30, 2024

न्युजिल्याण्डका ब्याटर गप्टिल विराटनगरबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – न्युजिल्याण्डका ओपनर ब्याटर मार्टिन गप्टिलले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले गप्टिललाई तेस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । दोस्रो विदेशी खेलाडीका रुपमा टोलीले […]

October 30, 2024

क्याब्रिनको अलराउन्ड प्रदर्शनमा गन्डकीको जित

काठमाडौं(हाम्रो खेलकुद) – क्याब्रिन श्रेष्ठको अलराउन्ड प्रदर्शनमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा गण्डकीले बुधवार भएको खेलमा कोशी प्रदेशमाथि १ सय १४ रनको फराकिलो जित हात पार्यो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको […]

October 30, 2024

सन्तोषको सादार बलिङमा लुम्बिनीको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – सन्तोष यादवको सानदार बलिङको सहयोगमा लुम्बिनी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । तेस्रो खेलमा लगातार जित हात पारेको लुम्बिनीले बुधवार भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको हो । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा भएको खेलमा कर्णाली ४ विकेटले पराजित भयो […]

October 30, 2024

टिप‌ टप न्यु डायमण्डले आफनो खेलाडीलाई मासिक पारिश्रमिक दिने

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आफ्ना खेलाडी र प्रशिक्षकलाई मासिक पारिश्रमिक दिने भएको छ। न्यु डायमण्डले दीपावली र छठको शुभकामना दिन बुधवार पुरानो नैकापस्थित आफ्नै एकेडेमीमा आयोजना गरेको कार्यक्रममा खेलाडीलाई पारिश्रमिक दिने घोषणा गरिएको हो । मासिक पारिश्रमिक मुख्य प्रशिक्षक कुमार राई ३० हजार, सहायक प्रशिक्षक ललिता नाथले २० हजार […]

October 30, 2024

फाइनलको टिकट ‘सोल्ड आउट’, महानगरले ३ ठाउँमा देखाउने

सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्री सुरु भएको एक घण्टा नबित्दै सकिएपछि काठमाडौं महानगरले काठमाडौंका ३ ठाउँमा ठूलो स्क्रिनमा खेल देखाउने भएको छ । एन्फाले बिहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सुचना निकालेसँगै बिहान ४ बजेदेखि नै भद्रकालीस्थित आर्मी गेटको काउन्टर र जावलाखेलस्थित फुटबल मैदानमा टिकट किन्न […]

Success

Thank you for your time.