3 years ago
November 14, 2021
कपिलवस्तु (हाम्रो खेलकुद) – कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल मणिग्रामले तेस्रो उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
कुँवरवर्ती स्कुलको कोर्टमा आइतबार भएको फाइनलमा कुँवरवर्तीले एभरेस्ट मावि बुटवललाई ३-० का सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो सिजन उपाधि जित्दै रनिङ शिल्ड क्लिनसवीप गरेको छ । सुरुवाती दुई संस्करणमा पनि कुँवरवर्ती नै च्याम्पियन बनेको थियो । यसपटक कुँवरवर्तीले काठमाडौंको न्यु डायमन्ड एकेडेमीको खेलाडीलाई कोर्टमा उतारेको थियो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा कुँवरवर्तीले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेट पनि कुँवरवर्तीले समान २५-२३ र २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
उपाधिसँगै कुँवरवर्तीले ६१ हजार रुपैयाँसहित शिल्ड र ट्रफी हात पारेको छ । दोस्रो भएको एभरेस्टले ४१ हजार रुपैयाँ प्राप्त गरेको छ । तेस्रो भएको कुँवरवर्तीको ‘बी’ टोलीले २१ हजार र चौथो भएको न्यु होराइजनले ११ हजार रुपैयाँ हात पारेको नगर खेलकुद विकास समिति तिलोत्तमाका सदस्य दीपक खनालले जानकारी गराए ।
कुँवरवर्तीकी झरना श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । एभरेस्टकी भावना डाँगी उत्कृष्ट स्पाइकर, कुँवरवर्ती ‘बी’ टिमकी कल्पना सिन्जाली सर्भर, एभरेस्टकी जस्ना महतो सेटर र कुँवरवर्तीकी वालमिका आचार्य उत्कृष्ट ब्लकर तथा कुँवरवर्तीर्क एन्जिला प्रधान उत्कृष्ट डिफेन्स चुनिइन् ।
कुँवरवर्तीकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । कुँवरवर्तीकी प्राश्ना खनाल उदियमान खेलाडी तथा न्यु होराइजनकी सन्जिता चौधरी अनुशाषित खेलाडी चुनिइन् । उनीहरु सबैले ट्रफी र नगद पुरस्कार हात पारे ।
नगर खेलकुद विकास समिति तिलोत्तमा आयोजना तथा कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुलको संयोजनमा शुक्रबारदेखि भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको थियो । खेल लिग कम नकआउटको आधारमा भएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]