3 years ago
November 14, 2021
काठमाडौं (हाम्रो खेलकुदए– सोलुखुम्बुका सुमन कुलङ राई र महिलातर्फ धादिङकी रसिला तामाङले चौँथो पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि जितेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको ४ हजार २ सय मिटर उचाईको पाँचपोखरीमा भएको म्याराथन १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पूरा गर्दै सुमनले उपाधि जितेका हुन् । रसिलाले २ घन्टा ४४ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।
नेपाली सेनाका गोपाल तामाङ दोस्रो र श्रीकास राई तेस्रो भए । गोपाल तामाङले २ घण्टा २९ सेकेण्ड र श्रीकाले २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पूरा गरेका थिए । सिन्धुपाल्चोकी नितु तामाङले २ घन्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फ दोस्रो भइन् । प्यूठानकी संगिता बुढामगर तेस्रो, आश्मा विश्वकर्मा चौथो र निर्मला राई पाँचौं भइन् । महिला र पुरुषतर्फका विजेताले उपाधिसहित समान सुमनले ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गरे ।
सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङ विजयी भए । भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । सहभागी खेलाडीको हौसला बढाउन दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर पनि सहभागी थिए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, कीर्तिमानी धावक मानन्धर लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए । बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथ्लेटिक्स संघको समन्वयमा प्रतियोगिता आयोजना भएको थियो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]