3 years ago
November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई सम्मान गरिएको हो ।
उनीहरुलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले सम्मान गरेका हुन् । टोकियो पारालिम्पिकमा दुई फाइट जित्दै पलेशाले ऐतिहासिक सफलता हात पारेकी थिइन् ।
उनीभन्दा पहिले कोही पनि नेपाली खेलाडीले ओलम्पिकमा दुई फाइट जित्न सकेका थिएनन् । उनी अन्तिम समयमा ऐतिहासिक कांस्य पदक जित्नबाट चुकेकी थिइन् । १८ वर्षीया पलेशाले वाइल्ड कार्डमार्फत पारालिम्पिकमा सहभागिता सुनिश्चित गरेकी थिइन् । उनी टोकियो पारालिम्पिकमा सहभागी एक्ली नेपाली खेलाडी पनि हुन् ।
सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएकोे पारा तेक्वान्दो कोर्स उत्तीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन् । कविराज अन्तराष्ट्रिय पारा तेक्वान्दो कोचको लेबल–२ कोर्स पूरा गर्ने एक्ला प्रशिक्षक हुन् ।
वल्र्ड तेक्वान्दो फेडरेसनले गत मंसिरमा आयोजना गरेको लेबल–२ कोर्स उनले उत्तीर्ण गरेका थिए । उनकै प्रशिक्षणमा पलेशाले टोकियो पारालिम्पिकमा ऐतिहासिक सफलता हात पारेकी थिइन् । टोकियो पारालिम्पिक बाहेक पनि उनको प्रशिक्षणमा विभिन्न मुलुकमा पुगेर पारा खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]