3 years ago
November 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ विश्व आर्चरी एसियाको सदस्य चयन भएका छन् । बंगलादेशमा शुक्रबार भएको विश्व आर्चरी एसियाको कंग्रेसले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दा गुरुङ सदस्य बनेका हुन् ।
दक्षिण कोरियाला अध्यक्ष रहेको समितिमा ३ उपाध्यक्ष र ५ सदस्य रहेको गुरुङले जानकारी दिए । कुनै पनि नेपाली विश्व आर्चरी एसियाको सदस्य बनेको यो पहिलो पटक हो । आर्चरी संघका पूर्व अध्यक्ष स्वर्गिय लक्ष्मण श्रेष्ठ आर्चरी एसियाको जर्ज कमिटीको सदस्य थिए । सोही कंग्रेसबाट विश्व आर्चरी एसियाको पारा कमिटिीमा आर्चरी संघका महासचिव रमेश शिवाकोटी सदस्य चुनिएका छन् ।
‘आर्चरी एसियाको चुस्त समिति छ । त्यसमा व्यक्तिगत रुपमा म रहेपनि यो समग्र देशको आर्चरीको र देशकै प्रतिनिधित्व हो,’ गुरुङले भने, ‘अब कार्यसमितिमा परेपछि नेपालको आर्चरी विकासका लागि आर्चरी एसियाको सहयोगलाई यसअघिको भन्दा बढाउनका लागि पहल गर्न सकिनेछ ।’ गुरुङका अनुसार आर्चरी एसियामा एसियाका ४१ राष्ट्र सदस्य छन् र कंग्रेसमा ३९ देशका प्रतिनिधिको सहभागिता थियो ।
खेलाडीका रुपमा आर्चरीमा प्रवेश गरेका गुरुङ दुई कार्यकाल संघको महासचिव र पछिल्ले ५ वर्षदेखि संघको अध्यक्षका रुपमा रहेका छन् । दक्षिण एसियाली आर्चरी महासंघको संस्थापक सदस्य रहेका गुरुङ अहिले त्यसको अध्यक्ष हुन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]