3 years ago
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ढुंखर्क फुटबल क्लबले तेस्रो बेथानचोक अध्यक्ष कप वडा स्तरिय फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक गाँउपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा वडा नं ४ को आनन्द जीवन युथ क्लबलाई २–१ ले हराउँदै वडा नं २ को ढंखर्क च्याम्पियन बनेको हो ।
वडा नं ४ को गणेशस्थान खेल मैदानमा भएको फाइनलमा ढुंखर्कको जितमा दुवै गोल सुजन केसीले गरे । ढुंखर्कका खेलाडीले एक गोल आत्मघती गरेका थिए । उपाधिसहित ढुंखर्कले ५० हजार, दोस्रो आनन्दले २५ हजार र तस्रो टोली बेथानचोक ५ को च्याल्टी युथ क्लबले १० हजार रुपैयाँ प्राप्त गर्यो ।
आनन्दका अनिष लामा सर्वोत्कृष्ट खोडीका साथै उच्च गोलकर्ता बन्न सफल भए । ढुंखर्कका विशेष वाइवा उत्कृष्ट गोलकिपर, आनन्दका रविन्द्र कार्की उत्कृष्ट रक्षक, ढुंखर्कका अजय पुलामी मगर उतकृष्ट फरवार्ड चुनिाए ।
विजेता, उपविजेता टोलीका खेलाडीलाई बेथानचोक गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पुरस्कृत गरे । कात्तिक २१ देखि सुरु भएको प्रतियोगितामा पालिकाका ६ वडाका १६ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक चिरण लामाले जानकारी दिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]