3 years ago
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी विद्यालयका पूर्व विधार्थीहरु २०७१ को ब्याचले फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक समेत रहेको २०७१ को ब्याचले बुधबार भएको फाइनलमा २०६८ को ब्याचलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।
बुढानिलकण्ठ पासिकोटस्थित फुटसलमा भएको फाइनलमा साइरस रिमालको कप्तानीमा रहेको ब्याच २०७१ का लागि राहुल खड्काले २ र विवेक बुढाथोकीले १ गोल गरे । २०६८ का सन्तोष खत्री र कप्तान समेत रहेका विक्रान्त नरसिंह राणाले गोल गरेका थिए । उपाधिसहित २०७१ ले १३ हजार रुपैयाँ दोस्रो टोलीले ६ हजार रुपैयाँ प्राप्त गर्यो । एक दिने प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको थियो ।
प्रहरी विद्यालयका प्रधानाध्यापक सन्जीव घिमिरे, क्याम्प कमान्डर डिएसपी सूर्यबहादुर खड्काले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरेका थिए । पूर्व खेलाडी जेविश पाण्डेको पनि कार्यक्रममा उपस्थिति थियो । जेविश सम्मलित २०६० ब्याच प्रतियोगिताको सेमिफाइनल पुगेको थियो ।
पूर्व विधार्थीहरुबीच फुटसल आयोजना गरे भाइचाराको सम्बन्ध अझै प्रगाढ हुने विश्वास लिएको आयोजक २०७१ ब्याचका सविन जमरकट्टेलले बताए । सबै भन्दा पुरानो ब्याचका रुपमा रहेको २०६० का अनिल जोशीले नयाँ र पुराना विधार्थीबीच परिचय हुने र त्यसले भावनात्मक सम्बन्धको विकास हुने बताए । प्रधानाध्यापक घिमिरे र क्याम्प कमाण्डर खड्काले यस्ता प्रतियोगिता निरन्तरत रुपमा आयोजना हुने पर्ने बताए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]