default_image

3 years ago

November 11, 2021

रुप कार्की स्मृति पावर लिफ्टिङ माघमा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति दोश्रो नेपाल्स स्ट्रोङगेस्ट पावर लिफ्टिङ प्रतियोगिता माघ अन्तिम साता आयोजना हुने भएको छ ।

फाइल तस्विर

‘स्वस्थ शरीर भित्र स्वस्थ मस्तिष्क’ भन्ने नाराका साथ २८ माघदेखि आयोजना हुन लागेको प्रतियोगितामा पुरुष ६, महिलामा ३ र मास्टर्स ४५ वर्षमाथि १ तौल समूहमा गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव सुरेश सुवेदीले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पुरुष-महिलाको प्रत्येक तौलसमूह प्रथम हुने खेलाडीबीच पुनः ओभरअल च्याम्पियनका लागि प्रतिस्पर्धा गराइने छ । ओभरअल च्याम्पियनलाई उपाधिसंगै छुट्टै जनही ५१ हजार नगदबाट पुरस्कृत गरिने छ ।

विजेता खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि समन्वय गर्ने सचिव सुवेदीले जानकारी गराए । गत संस्करणको पुरुषमा सुकदेव कार्की तथा महिलामा ज्योति थापा ओभरअल च्याम्पियन बनेका थिए । प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ । लामो समय अमेरिकामा बसेका स्व. कार्की पावर लिफ्टिङको आफ्नो उमेर समूहका विश्व च्याम्पियन हुन् । नेपालमा रहेकै बेला उनको निधन भएको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.