default_image

3 years ago

November 10, 2021

पोखरामा खुल्ला ३ किमी दौड हुने

91 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा ३ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा संघले मंसिर ४ गते दौड प्रतियोगिताको आयोजना गर्न लागेको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

बालबालिका खेलकुदसंग जोडिनुपर्छ भन्ने मान्यताले नै प्रतियोगिताको आयोजना गर्न लागेका हौँ’ संघका अध्यक्ष तोरण बानियाँले भने,‘ हामीले संघको गठन पश्चात पहिलो औपचारिक कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’ दौडको विजेताले १०, दोस्रोले ७, तेस्रोले ५ र चौथो हुनेले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयका ४ सय बढि विद्यार्थीले सहभागिता जनाउने अनुमान रहेको उनले बताए ।

प्रतियोगिता बालबालिकाका साथै पर्यटन व्यवसायीलाई समेत उकास्ने उदेश्यका साथ लेकसाइडको सडकमा दौड हुने बताइएको । पोखरा लेकसाइड खहरे चोकबाट दौड सुरु भई प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र खपौदीमा पुगेर समापन हुनेछ ।

प्रतियोगितामा सहभागि हुनका लागि मंसिर २ गतेसम्म नाम दर्ता निशुल्क राखिएको छ । प्रतियोगितामा १६ वर्षसम्मका विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न समितिका उपाध्यक्ष महेन्द्र गुरुङको संयोजकत्वमा ७ सदस्यिय उपसमिति गठन भएको बाँनियाले बताए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.