8 years ago
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – विवादित एउटा पक्षको असहमतिका वावजुद नेपाली क्रिकेटको आन्तरिक विवाद समाधानका लागि गठित विवाद समाधान समितिको पहिलो पटकले पदीय जिम्मेवारी तोक्ने क्रममा दुईजना संयोजक बनाइएको छ । नेपाल सरकार सहमतिमा गठन भएको समितिको बैठक बस्न भने दुई महिनाको समय लागेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का एसोसिएट सदस्य राष्ट्र निर्देशक इरान ख्वाजा र फाइनान्स मेनेजर अमर सेखको उपस्थितिमा मंगलबारको नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेलाई संयुक्त रुपमा संयोजक तोकिएको हो । त्यस्तै राष्ट्रिय टोलीका पूर्व कप्तान एवं क्रिकेट खेलाडी संघका अध्यक्ष पवन अग्रवाललाई सचिव तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का प्रेस सल्लाहकार रोहित दाहाललाई प्रवक्ताको जिम्मेवारी पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुणामणी पौडेल र क्यानका पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला समितिको सचिव छन् । क्यानको पछिल्लो विवाद सुरु भएको बर्षदिनमा क्यान प्रतिबन्धमा परेको छ भने नेपाली क्रिकेटकर्मी अलग अलग खेलमामा विभाजित भएका छन् । समितिबाट पनि विवाद निस्कन्छ भन्नेमा शंका यथावत छ ।
समितिमा क्यानको निर्वाचित समितिको प्रतिनिधित्व छैन । मंसिरको अन्त्यमा क्यानको साधारण सभाले चन्दको नेतृत्वमा कार्यसमिति चयन गरेपनि त्यसलाई विधान विपरित भन्दै राखेपले पुसमा रमेश सिलवालको अध्यक्षतामा क्यानको तदर्थ समिति गठन गरेपछि नेपाली क्रिकेटमा ध्रुबिकरण भएको थियो । त्यसपछि निर्वाचित समितिले बैधानिकताको विवाद टुंगाउन सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधिन छ । यहि विवादलाई टेक्दै आइसिसीले वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो ।
संयोजक मध्येका एक पाण्डेले काम गर्ने वातावरण बनेको उल्लेख गर्दै भने ‘जुनसम्ममा निर्वाचन भएन भने नेपालको आइसिसी सदस्यता नै खारेज पनि हुन सक्छ । निलम्बनको अवधिमा पनि क्रिकेट विकासको लागि सरोकारवालाहरु गम्भिर र सकारात्मक देखिएनन् भने सदस्यता खारेज गर्न सक्छ । क्रिकेट विवाद समाधानका लागि यो एउटा राम्रो मौका हो ।’
निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलेले सल्लाकार समितिबाट विवाद समाधान नहुने बताएका छन् । उनले भने,‘अहिले भइरहेको कामले केही निकास दिदैन हामी कानुनी लडाईमा छौं । सुरुबाटै हाम्रो असहमति छ । त्यसैले आइसिसी प्रतिनिधिको उपस्थितिमा बैठक हुनु वा अरु केही हुनुमा हाम्रो चासो छैन ।’
समितिको बैठक बसेपनि आन्तरिक क्रिकेट कसरी अघि बढ्छ भन्ने ठोस निर्णय हुन सकेन । आइसिसीकै सक्रियतामा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता भाग लिदै आएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]