default_image

3 years ago

November 6, 2021

दक्षिण अफ्रिका जितका बाबजुद बाहिरियो, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा

45 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ समूह १ बाट नेटरनरेटको कारण समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेपनि समूह चरणबाटै बाहिरिएको छ ।

इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका शीर्ष दुईमा पर्न सकेन । हारका बाबजुद इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका छन् ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । इंग्ल्यान्डका मोईन अलीले २७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन बनाए । लियाम लिभिङस्टोनले १७ बलमा १ चौका र ३ छक्का सहित २७ र कप्तान ओईन मोर्गन १७ रनमा आउट भए ।

ओपनर जेसन रोय १५ बलमा ४ चौका सहित २० रनमा रिटायर्ट हर्ट भए । जस बटलर १५ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा आउट भए । जोनी बेयरस्टो १ र डेविड मलान ३३ रनमा आउट भए ।

तीव्र गतिका बलर कागिसो रबाडाले अन्तिम ओभरमा ह्याट्रिक लिएका थिए । २० औं ओभरको पहिलो बलमा रबाडाले क्रिस वोक्सलाई एनरिच नोर्कियाबाट ७ रनमा क्याच गराए । दोस्रो बलमा कप्तान मोर्गनलाई केशव महाराजबाट क्याच गराएका थिए । तेस्रो बलमा क्रिस जोर्डनलाई शून्यमा डेविड मिलरबाट क्याच गराउँदै ह्याट्रिक लिएका थिए । तर पनि टोलीलाई विश्वकप सेमिफाइनलमा पुर्याउन सकेनन् ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । ड्वेन प्रिटोरियसले २ र एनरिच नोर्किया १ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि शीर्षक्रमका अनुभवी ब्याटर रास्सी भान डर डुसेन ६० बलमा ५ चौका र ६ छक्का सहित सर्वाधिक ९४ रनको उत्कृष्ट अविजित इनिङ खेले ।

युवा ब्याटर एडेन माक्ररम २५ बलमा २ चौका र ४ छक्का सहित ५२ रनमा अविजित रहे । तेस्रो विकेटका लागि डुसेन र एडेन माक्ररमले ५२ बलमा १ सय ३ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेपछि दक्षिण अफ्रिकाले बलियो योगफलमा पुगेको हो ।

क्विन्टन डी कक २७ बलमा ४ चौका सहित ३४ रनमा आउट भए । दक्षिण अफ्रिकाले दोस्रो ओभरको चौथो बलमै ओपनर रिजा हेन्ड्रिक्सलाई २ रनमा गुमाएको थियो । मोईन अलीको बलमा रिजा बोल्ड आउट भएका थिए । पहिलो विकेट गुमाउँदा दक्षिण अफ्रिकाले १५ रन मात्र बनाएको थियो । दोस्रो विकेटका लागि क्विन्टन डी कक र डुसेनले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । १२ औं ओभरको दोस्रो बलमा स्पिनर आदिल राशिदले डि ककलाई जेसन रोयबाट क्याच आउट गराएका थिए ।

इंग्ल्यान्डले सुपर १२ को समूह २ को उपविजेतासँग खेल्नेछ । जसमा न्युजिल्यान्डको उच्च सम्भावना छ । सुपर २ मा न्युजिल्यान्डले आफ्नो अन्तिम खेलमा आइतबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । समूह २ को विजेता पाकिस्तान निश्चित छ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनायो । इंग्ल्यान्डको नेटरनरेट प्लस २.४६४ रह्यो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेल्यो । अष्ट्रेलियाको नेटरनेट प्लस १.२१६ रह्यो ।

दक्षिण अफ्रिकाको ५ खेलमा ४ मा जित र १ मा हार ८ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा रह्यो । दक्षिण अफ्रिका नेटरनरेट प्लस ०.७३९ रह्यो । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरियो । वेस्टइन्डिज ५ खेलमा १ मा जित र ४ मा हार सहित पाँचौ र बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरिए ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित आधारमा दोस्रो स्थानमा छ । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ४ खेलमानै पराजित भएको छ ।

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

June 29, 2024

भारतलाई टि-ट्वान्टी विश्वकप उपाधि 

एजेन्सी –  भारतले आइसीसी टि-ट्वान्टी विश्वकप २०२४को उपाधि जितेको छ । बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टि-ट्वान्टी विश्वकपको उपाधि जितेको हो ।   भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।  भारतको यो दोस्रो टि-ट्वान्टी विश्वकप […]

Success

Thank you for your time.