3 years ago
November 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धि मङ्गल माविले
विद्यालय स्तरीय प्रथम छात्रा लेजेण्ड कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
लेजेण्ड फुटसलको आयोजनामा ललितपुरको महालक्ष्मी नगर पालिका सिद्धिपुरमा भएको सो फुटसल प्रतियोगिताको फाइनलमा माउन्ट ओलिभ विद्यालयलाई १-० ले पराजित गर्दै सिद्धि मंगलले उपाधि जितेको हो । भानोदय मावि तेस्रो भयो । प्रतियोगिताको उच्च गोलकर्ता कोपिला इङ्ग्लिस सेकेन्डरी विद्यालयकी रितिसा श्रेष्ठ बनिन्।
प्रतियोगितामा विजेता, उपविजेता टोलीलाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ महालक्ष्मी नगरपालिका वडा न ६ का अध्यक्ष वासुदेव महर्जन गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रस शाक्य लगायतले पुरस्कृत गरेका थिए।
गुण एयरलाइन्सका प्रबन्ध निर्देशक शाक्यले यस किसिमको विद्यालय स्तरको छात्रा फुटसल प्रतियोगिता ललितपुर जिल्लामै पहिलोपटक भएकोमा खुशी लागेको र आगामी दिनमा यस किसिमको प्रतियोगिताहरुमा आफुहरुको सहयोग र सहकार्य निरन्तर रहने बताए ।
सातवटा विद्यालयको सहभागिता रहेको यस प्रतियोगितामा सहभागी मध्ये दुईवटा टोलीलाई लेजेन्ड फुटसलद्वारा निशुल्क प्रशिक्षण एवम खेल स्थल उपलब्ध गराइएको लेजेन्ड फुटसलका अध्यक्ष अमन महर्जनले जानकारी दिए।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]