default_image

3 years ago

November 3, 2021

टस हारेर पहिला ब्याटिङ गर्दै भारत

79 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा भारतले अफगानिस्तानसँग पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

भारतले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । न्युजिल्यान्डसँगको खेलमा रहेका ईशान किशन र स्पिनर बरुण चक्रवर्ती बेन्चमा छन् । अनुभवी स्पिनर रविचन्द्रन आश्विन र सूर्य कुमार यादवले मौका पाएका छन् । बरुणलाई भारतले खराब प्रदर्शन र चोटका कारण टोली बाहिर राखेको हुन् । सूर्य फिट भएपछि किशन बेन्चमा बस्नु परेको हो ।

अफगानिस्तानका प्रमुख स्पिनर मुजिब उर रहमान आजको खेलमा टोलीमा छैनन् । उनको स्थानमा शराफुद्दिन अशरार्फले मौका पाएका छन् । अंक गणीतिय झिनो आशा कायमै राख्न भारतलाई आजको खेलमा जित्नै पर्ने दबाबमा छ । आजको खेलमा भारत पराजित भएमा लगातार तेस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिने छ ।

सुपर १२ को २ मा पाकिस्तान सुरुवाती ४ खेलमा जितका साथ सेमिफाइनलमा पुगि सकेको छ । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने संघारमा छ । भारतलाई ब्याटिङमा विशेष सुधार र जिम्मेवारी प्रदर्शनका साथ ब्याटिङ गर्न आवश्यक देखिन्छ ।

अफगानिस्तानको प्लेईङ ११ :

हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद (विकेटकिपर), रहमानउल्लाह गुर्बाज, नाजिबुल्लाह जद्रान, मोहम्मद नाबी (कप्तान), गुलबदीन नाबी, राशिद खान, करिम जन्नत, नविन उलहक, शराफुद्दिन अशरार्फ, र हामिद हसन ।

भारतको प्लेइङ ११ :

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव , हार्दिक पान्ड्या, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, शार्दूल ठाकुर, जस्प्रित बुमराह र मोहम्मद शामी

हेड टु हेड :

भारतले अफगानिस्तानसँग दुई पटक टि२० विश्वकप खेलेको छ । दुबै खेलमा भारत विजयी भएको छ । दुबै खेलमा चक्रवर्तीले कमजोर प्रदर्शन गरेका छन् । २०१२ मा २३ रन र २०१० मा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो ।

September 28, 2024

सोमपालले एकै ओभरमा २ विकेट लिए

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ महत्वपुर्ण विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाल र अन्तिम बलमा दिलप्रित बाज्वालाई आउट गराए । त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि […]

September 27, 2024

पुलिस र स्ट्याग उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ मा फाइनलमा प्रवेश गरेका छन् । पुलिस फाइनलमा पुगेको दोश्रो पटक हो । गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रवार भएको सेमिफाइनलको पुरुष सिंगल्समा पुलिसका वंश सिंघलले एपिएफका राजीव […]

September 27, 2024

बहराइसँगको‌ हारपछि नेपालको समूह चरणबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटमा शुक्रवार नेपाल‌ बहराइनसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। तेस्रो हारमा नेपालको छनोटको यात्रा समाप्त भएको छ। समुह चरणको अन्तिम खेलमा कमजोर नेपाल विरूद्ध बहराइन खेल अवधिभर नै हाबी रहयो। खेलको २८औं मिनेटमा सामी बासामको फ्रि-किक प्रहार सिधेै गोलमा परिणत भएपछि बहराइनले १-० को अग्रता बनायो। […]

Success

Thank you for your time.