3 years ago
November 3, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धि गरेको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ ।
वृद्धि भएको पुरस्कार राशि अनुसार म्याराथनको विजेताले ४ लाख रुपैयाँ हात पार्नेछ । जुन गतवर्षको भन्दा दोब्बर हो । दोश्रो पुरस्कार २ लाख, तेश्रो हुनेले १ लाख र सान्त्वनाले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६औं संस्करणको पोखरा म्याराथनतर्फ हुने २१ किमि महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमि र छात्र-छात्रा ५ किमि, ह्विल चियर तथा दृष्टिविहिन दौडतर्फ समेत पुरस्कार रकम बढाइएको जनाइएको छ । ति दौडतर्फ समेत ५–५ हजार वृद्धि गरिएको छ ।
मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सबै विधातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशी गत वर्षको भन्दा ४ लाख बढेको रहेको बताए । यो वर्ष पुस्कार राशिमा १२ लाख ३० हजार रुपैयाँ खर्च हुनेछ ।
सफल दुध मुख्य प्रायोजक
पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुप अन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दुधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकामा निरन्तरता दिएको छ । विगत ६ वर्ष देखि निरन्तर रुपमा पोखरा म्याराथनसँग सहकार्य गर्दै आएको सफल दुधले आगामी ३ वर्षका लागि मुख्य प्रायोजकका रुपमा सम्झौता नविकरण गरेको छ ।
उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरे । सो अवसरमा उद्योगका निर्देशक श्रेष्ठले पोखरा म्याराथन सँग सम्झौता गर्न पाउनु सुखद रहेको बताउँदै पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउने संगै पोखरालाई खेलकुद पर्यटनको राजधानीका रुपमा स्थापित गर्न उद्योगले सानो सहयोग गरेको उल्लेख गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]