3 years ago
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मंगलबार सम्मान गरेको छ ।
विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा साँस्कृति कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।जर्मनीमा अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा ३ नेपाली पुरुष खेलाडीले सहभागिता जनाएका थिए । तीनै खेलाडी दोहोरो पदक जित्न सफल भएका थिए ।
दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले चेम्निज ओपनमा पनि दोहोरो स्वर्ण जितेका थिए । त्यस्तै १३औं सागका कांस्य विजेता मुकुन्द्र महर्जनले १ स्वर्ण र १ कांस्य जित्न सफल भएका थिए । सुमन तिमल्सिनाले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए । सुमन पारामाउन्ट एकेडेमीकै प्रशिक्षक हुन् ।
सोही अवसरमा प्रतियोगितामा अफिसियलका रुपमा रहभागी स्वच्छम गुरुङ पनि सम्मानित भए । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसी, पारामाउन्ट एकेडेमीका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायतले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]