3 years ago
November 1, 2021
सुर्खेत (हाम्रो खेलकुद) – पञ्चपुरी नगरले काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा आइतबार भएको फाइनल खेलमा विवादका कारण स्थगित भएपछि सोमबार टाइब्रेकरबाट उपाधिको छिनोफानो गरिएको थियो ।
आइतबार खेल स्थगित हुँदा १–१ को बराबरी भएको थियो । खेलको १२ औं मिनेटमा वीरेन्द्रनगरले गोल गर्दै अग्रता लिएको थियो । अन्त्यतिर प्राप्त पेनाल्टीमा गोल गर्दै पञ्चपुरीले बराबरी गरेको थियो । त्यो पेनाल्टी दिने निर्णय गलत भएको भन्दै वीरेन्द्रनगरले आपत्ती जनाएपछि उत्पन्न विवादका कारण आयोजकले खेल स्थगित गरेको थियो ।
आयोजकले सोमबार बिहान पत्रकार सम्मेलमार्फत दुई पक्षबीच अघिल्लो दिनको १–१ को नजितालाई स्वीकार गर्दै पेनाल्टी सुटआउटमा उपाधि छिनोफानो गर्ने सहमति भएको जनाएको थियो । त्यसपछि भएको पेनाल्टीमा पञ्चपुरी ५–४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
उपाधिसहित पञ्चपुरीले १ लाख र वीरेन्द्रनगरले ५० हजार रुपैयाँ प्राप्त गर्यो । काँक्रेविहान क्लबको आयोजनामा बुधबार देखि सुरु भएको प्रतियोगितामा सुर्खेत जिल्लाका ९ पालिकाको सहभागिता थियो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]