3 years ago
November 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ स्पोर्ट्स हाउस प्रालिको आयोजनामा ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता मंसिर १४ देखि १८ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने छ । प्रतियोगितामा वि.सं २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले जानकारी गराए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र शिल्ड हात पार्नेछन् । दोस्रो हुने टोलीले ६१ हजार १ सय ११ रुपैयाँ, तेस्रो हुनेले ३१ हजार १ सय ११ रुपैयाँ र चौंथो हुनेले ११ हजार १ सय ११ रुपैयाँ र कप प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले समान ३–३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]