3 years ago
October 31, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखराको बगर भाई खलकले आयोजना गर्ने ‘ भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को पुरस्कारमा बृद्धि गरेको छ । त्यस्तै भेट्रान्स फुटसल प्रतियोगिताको तयारी थाल्ने घोषणा गरेको छ ।
“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने उद्घोषका साथ ११ वर्ष अघि ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता सुरु गरेको बगर भाई खलकले नेपालमा नै पहिलो पटक भेट्रान्स फुटसल प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको हो । संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले ११ औं संस्करणको प्रतियोगिताका लागि पुरस्कार राशीमा बृद्धि गरिएको जानकारी दिए ।
पुस १९ देखि २४ गते सम्म सञ्चालन हुने पाँचौं स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को विजेताले १ लाख ५१ हजार १ सय ११ र दोस्रो हुने टोलीलाई ७५ हजार ५ सय ५५ प्रदान गर्ने संस्थाले निर्णय गरेको छ । गत वर्षको भन्दा प्रथम पुरस्कारमा ५० हजार र दोश्रोमा २० हजार बृद्धि गरिएको हो । ‘हामी पोखराको खेलकुदलाई नयाँ ढङ्गबाट परिचित गराउन खोजेका छौं, यो पुरस्कार राशीको बृद्धिले विदेशी टिमको आकर्षण बढ्ने छ’ उनले भने,’यसका लागि प्रदेश सरकार, पोखरा महानगर, व्ययवसायिक प्रतिष्ठान लगायत सवैको सहयोग र सहकार्यको खाँचो छ ।’
पोखराको टुडिखेल मैदानको परिचय समेत स्वदेश र विदेशमा यस प्रतियोगिताले स्थापित गर्न सहयोग पुगेको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य समेत रहेका गुरुङले मैदानको स्तरोन्नतीका लागि दुई पटक गरी २ लाख ५१ हजार सहयोग निर्माण उपभोक्ता समितीलाई प्रदान गरेको जानकारी दिए । ‘हामी संस्थाबाट खेलकुद विकासका लागि भेट्रान्सको प्रतियोगिता गरेर नयाँ कुराको थालनी समेत गरेका छौ हामी त्यसबाट केही रकम बचाएर खेलकुद र सामाजिक क्षेत्रको विकासमा समेत खर्च गरेका छौं’, अध्यक्ष गुरुङले भने ।
यसै गरी संस्थाले पोखरामा प्रथम पटक भेट्रान्स फुटसल प्रतियोगिता आयोजना गर्ने तयारी समेत थालेको छ भने केही वार्षिक कार्यक्रमहरु समेत तय गरेको जानकारी दिंदै अध्यक्ष गुरुङले २०७९ जेठ १९ देखि २१ गते सम्म पोखरामा ‘प्रथम भेट्रान्स फुटसल प्रतियोगिता’ आयोजना गर्ने बताए । संस्थाले नयाँ वर्ष २०७९ वैशाख १ गते पोखरामा छात्र–छात्रा ५ किलोमिटर शुभकामना दौड, माघ १५ गते पोखरामा वृहत रक्तदान कार्यक्रम र पुस ३ गते संस्थाको वार्षिक साधारण सभा र अधिवेशन गर्ने घोषणा समेत गरेको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]