default_image

3 years ago

October 31, 2021

जाडेन र आजमीलाई उपाधि

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जाडेन श्रेष्ठ ब्वाईज र आजमी शेरचनले गल्र्सतर्फ लिटल डल्फिन्स् प्रालि किड्स ट्राईथलनको उपाधि जित्न सफल भएका छन् ।

स्कुल स्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ किमि साईक्लिङ र १.५ किमि दौड २० मिनेट ५१.६१ सेकेन्डमा पुरा गरे । यस्तै आजमीले उक्त दूरी २३ मिनेट १८.१० सेकेन्डमा पुरा गरिन् ।

बिजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे । कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाईजतर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । सिंहले उक्त दूरी २१ मिनेट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनेट, १७.२० सेकेन्डमा पुरा गरे ।

यस्तै गल्र्स तर्फ परिधी भण्डारीले २५ मिनट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनेट १२.५४ सेकेन्डमा दूरी पुरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे । दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरे । प्रतियोगितामा ब्वाईजतर्फ जोर्डन श्रेष्ठ र गल्र्सतर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरुले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २२ ब्वाईज र ७ गल्र्सको सहभागिता रहेको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.