3 years ago
October 30, 2021
भरतपुर – कैलाश कप सेभेन ए साइड फुटबलमा कालिका ८, गैरिबारी, आयोजक कैलाश युथ क्लब ए, बी, युनिक एफसी बी र खेतबारी एफसी विजयी भएका छन् ।
भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा कालिका ८ गैरिवारीले युनिक एफसीलाई १–० ले पराजित गर्यो । दोस्रो खेलमा आयोजक कैलाश युथ क्लब ’ए’ ले फ्रेण्ड्ली फुटबल क्लब माडीलाई २–१ ले हरायो । आयोजकलाई जित दिलाउन दुवै गोल कृष्ण गुरुङले गरे ।
आजको तेस्रो खेलमा खेतबारी एफसीले अकलादेवी एफसी दासढुंगालाई २–० ले पराजित गरेको छ । खेतबारीको जितमा दुवै गोल आशिष गजुरेलले गरे । चौथो खेलमा युनिक एफसी ’बी’ ले साहारा क्लब मनहरीलाई ३–० ले पाखा लगायो ।
पाँचौ तथा अन्तिम खेलमा आयोजक कैलाश युथ क्लब ’बी’ ले भरतपुर ६ लाई १–० ले पाखा लगायो । कैलाशको जितमा सविन क्षेत्रीले गोल गरे ।
प्रतियोगितामा आइतबार समूह चरणका अन्तिम तीन खेल हुनेछन् । एफसीएन नौरङ्गे र एएफसी पिपलटार, बागेश्वरी एफसी र गङ्गोत्री एफसी तथा क्षेत्रपुर फुटसल एरिना र भरतपुर ९ बीच प्रतिस्पर्धा हुनेछ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]