3 years ago
October 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– टेबल टनिसका अन्तर्राष्ट्रिय अम्पायर नरेश रावल र तेजन सिंहले सञ्चालन भएको माई जेन्डर माई स्ट्रेंथ कार्यक्रम सम्पन्न भएको छ ।
एएनटिटिए अन्तर्गत अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) स्विट्जरल्यान्ड र आइटिटिएफ फाउन्डेसन जर्मनीको कार्यक्रममा काठमाडौंमा सात दिन सम्म प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको थियो । कार्यक्रममा टेबल टेनिसको नियम, प्रशिक्षणलगायतका विषयमा जानकारी गराइको थियो ।
स्ट्याग इन्टरनेशनलका प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायर रावल र अन्तर्राष्ट्रिय अम्पायर तेजन सिंहले पछिल्लो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रशिक्षणमा टेबलटेनिस खेलमा सहभागी करिब २२ जनाको सहभागिता रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]