default_image

3 years ago

October 30, 2021

गल्फका सुवास र युवराज दुबई जाँदै

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र युवराज भुजेलले दुवईमा आयोजना हुने एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिने भएका छन् ।

एसिया प्यासिफिक गल्फ महासंको निमन्त्रणमा सुवास र युवराज त्यसतर्फ जान लागेको हुन् । कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने च्याम्पियनसिपमा भाग लिन उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल गल्फ संघले जनाएको छ । कात्तिक १५ र १६ मा अभ्यास गरेपछि उनीहरुले प्रतियोगितामा भाग लिनेछन् ।

सन् २०१० देखि नै नेपाली खेलाडीले एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिदै आइरहेका छन् । गत वर्ष भने कोभिडका कारण च्याम्पियनसिप हुन नसकेको बताइएको छ । सुबासले १३ औं सागमा दाहोरो स्वर्ण पदक जितेका थिए । उनी एमेच्योरतर्फको विश्व वरियतामा ३ सय एकौं स्थानमा छन् । युवराज भने ३ हजार ८ सय ५८ औं स्थानमा रहेका छन् ।

संघले शनिबार उनीहरुलाई विदाई गरेको छ । संघिय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्ष तासी घले र गल्फको राष्ट्रिय टोलीको प्रायोजक केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले खेलाडीलाई विदाई गरे ।

एनओसी अध्यक्ष श्रेष्ठले १३ औं सागमा गल्फले स्वर्ण पदक जित्दै नेपाली खेलकुदमा नयाँ अध्यायको सुरुवात गरेको स्मरण गरे । उनले विगतमा नेपालले मार्सल आर्टस्मा बढी सफलता प्राप्त गर्ने गरे प्रसंग कोट्याउँदै अन्य खेलको विकासका लागि पनि नीति निर्माताहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।

एनओसी अध्यक्ष श्रेष्ठले अर्को प्रसंगमा अर्को वर्ष आयोजना हुने एसियाली खेलकुदको तयारीका लागि चाँडै सरकारसँग छलफल गर्ने बताए । उनले भने,‘ कुन कुन खेललाई प्राथमिकतामा राख्नेलगायतका विषयमा हामी युवा तथा खेलकुद मन्त्रीसँग छलफल गर्नेछौं । सहभागिता मात्र होइन सफलता प्राप्त गर्ने हिसाबले तयारी गरेर जानुपर्ने आवश्यकता छ । कार्यक्रममा केल्मी नेपालका निर्देशक न्यौपानेले खेलाडीहरुलाई केल्मीकोतर्फबाट पोशाकलगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.