default_image

3 years ago

October 29, 2021

नव जनज्योति र चक्रकला वालिङ भलिबलको फाइनलमा

153 views

0 Bookmark

स्याङ्जा (हाम्रो खेलकुद) – नव जनज्योति युवा क्लब कोखे र चक्रकला युवा क्लब लामडाँडा दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् ।

स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नव जनज्योतिले आयोजक वालिङ भलिबल क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा एक समय आयोजक वालिङ अघि रहेपनि राष्ट्रिय टोलीका मानबहादुर श्रेष्ठ र धनबहादुर भट्ट तथा सुजन चोखाललाई समेटेको नव जनज्योतिले पूनरागमन गर्दै २५–२३ को जित निकाल्न सफल भयो । दोस्रो सेटमा भने नव जनज्योतिले २५–१९ को सहज जित निकाल्न सफल भयो ।

अर्काे सेमिफाइनलमा चक्रकला युवा क्लबले राङखोला भलिबल क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नव जनज्योतिसँगको भेट पक्का गरेको छ । एकपक्षीय खेलमा नेपाल एपिएफ क्लबका विजय थापा र दर्गा सुनारलाई समेटेको चक्रकलाले पहिलो सेट २५–१४ ले तथा दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यसअघि क्वाटरफाइनलमा नव जनज्योतिले पित्लेक अर्गानिक फार्मलाई, चक्रकलाले रामबाच्छा युवा क्लबलाई पराजित गरेको थियो । यस्तै अर्काे क्वाटरफाइनलमा वालिङ भलिबल क्लबले चक्रदेवी युवा क्लब लाई तथा राङखोलाले सम्झना युवा क्लब बलेउलाई पराजित गरेपनि सेमिफाइनलभन्दा अघि बढ्न सकेन ।

महिला र पुरुषतर्फको फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । महिलातर्फ बुधबारै दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि नवलपुर र स्याङ्जा भलिबल क्लबले फाइनलमा भेट तय गरेका छन् ।

वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर साविकको वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ ८ टोली तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सम्बन्धित वडाका ३ खेलाडी अनिवार्य हुनुपर्ने र बाँकी बाहिरका खेलाडी राख्न पाउने प्रावधान छ ।

पुरुषतर्फको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार तथा सान्त्वना हुने टोलीले १० हजार प्राप्त गर्नेछन् । पुरुषतर्फको उत्कृष्ट खेलाडीले ५ हजार तथा व्यक्तिगत विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा वेष्ट डिफेन्स) ले जनही २ हजार प्राप्त गर्नेछन् ।

महिलातर्फको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुने टोलीले ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फको उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह–प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।

विषेश सहयोगीमा भिरकोट नगरपालिका र गल्याङ नगरपालिका रहेका छन् । वालिङ १० स्थयी घर भएका हाल बेलायत निवासी दौजित गुरुङ, छविराज गुरुङ र हेमन्त गुरुङले पुरुषतर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । दोस्रो पुरस्कार भारतीय सेनामा कार्यरत सुर्य बहादुर गुरुङ र बेलायत निवासी टिका गुरुङले प्रायोजन गरेका छन् ।

महिलातर्फको प्रथम पुरस्कार भुपेन लामिछानेले तथा दोस्रो पुस्कार वालिङकै हाल फ्रान्समा रहेका अंकित गुरुङ र समाजसेवी रामबच्छ निवासी विरेन्द्र श्रेष्ठले प्रायोजन गरेका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.