3 years ago
October 29, 2021
दिपक न्यौपाने,बुटवल
रुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका रुपमा परिचित छ। खेलकुदमा विभिन्न कार्यक्रम आयोजनालाई प्राथमिकतामा राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको छ। खुल्ला ठाँउमा जुन सुकै समय र उमेर समूहका लागि व्यायाम गर्न मिल्ने गरि खुल्ला व्यायामशाला निर्माण गरिने भएको छ ।
नगरपालिकाको वडा नम्बर २ को बोलबम पार्क, वडा नम्बर ६ को मलमला मन्दिर परिसर र वडा नम्बर ११ को बनकट्टीमा अहिले व्यायमशाला निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट छुट्टाइएको सैनामैना नगरपालिकाले जनाएको छ । व्यायामशालाको निर्माण यसैबर्ष सम्पन्न हुने गरी उपभोक्ता समिति समेत गठन भइसकेको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । सर्वसाधारणबाट आउने प्रतिक्रिया र उत्साहका आधारमा अन्य वडामा पनि व्यायामशाला निर्माण गरिने मेयर कार्की बताउँछन् ।
‘व्यायामशाला निर्माणले स्वच्छ र तन्दुरुस्त सैनामैना नागरिक अभियानमा थप सहयोग पुग्ने विश्वास छ ,’ भलिबलका पूर्व खेलाडी समेत रहेका मेयर कार्कीले भने, ‘खुला व्यायामशाला विश्वव्यापी रुपमै लोकप्रिय छ। हामी यसलार्य वैज्ञानिक बिधिबाट सन्चालन गर्ने लक्ष्यमा छौं। योगविधि अनुसार रोगसँग लड्न सक्ने क्षमता विकास हुने खालका प्रविधिबाट व्ययामशाला सञ्चालन गर्नेछौं।’
सैनामैना नगरखेलकुद विकास समितिका अध्यक्ष किशोर रानाले शरीरका सबै अंगको व्यायाम हुने गरिने व्यायामशाला सञ्चालन गरिने बताउँछन्। बार्षिक रुपमा नगर खेलकुद बिकास समितिले योजना बनाएर खेलकुद गतिविधी सन्चालन गरिरहेको उल्लेख गर्दै रानाले खुल्ला व्यायामशालाले नगरको खेलकुद क्षेत्रमा थप टेवा पुग्ने विश्वास लिएको बताए ।
नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले मानिसहरु व्यक्तिगत स्वास्थ्यप्रती खासै सजग भएको पाइदैन त्यसैले पनि हामीले एउटा अभियान चलाउने उद्देश्यका साथ व्यायामशाला निर्माण गर्न लागेको बताउँछन् । ‘विना शुल्क ध्यान योग र चाहे अनुसारको शारीरिक व्यायाम गर्न सकिने छ,’ नगर खेलकुद बिकास समितिका सदस्य अमर लम्साल भन्छन्, ‘नगरपालिकाले यो योजना पहिला नै ल्याउनुपर्ने थियो ,ढिला भए पनि यस प्रति सबै उमेर समुहका नगरबासीको उत्साहजनक सहभागिता रहने छ भन्नेमा आशावादी छौं ।’
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]