default_image

3 years ago

October 29, 2021

पहिला ब्याटिङ गर्दै वेस्टइन्डिज

65 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर ए को खेलमा वेस्टइन्डिजले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान महमुहुदुल्लाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । वेस्टइन्डिजले टोलीमा दुई परिवर्तन गरेको छ ।

रोस्टन चेशले टि२० आईमा डेब्यु गरेका छन्न । उनलाई लेन्डन शिमन्सको स्थानमा मौका दिएको हो । जेसन होल्डरलाई हेडेन वाल्श जुनियरको स्थानमा मौका दिएको छ । बंगलादेशले टोलीले दुई परिवर्तन गरेको छ । नासुम अहमदको स्थानमा सौम्य सरकार र नुरुल हसनको स्थानमा तस्किन अहमदलाई मौका दिएको छ ।

दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना कायमै राख्न आजको खेलमा जित निकाल्नु पर्ने हुन्छ । आजको खेलमा पराजित हुने टोलीको अघिल्लो चरण अनौपचारिक रुपमा समाप्त हुने देखिन्छ । सुरुवाती दुई खेलमा लगातार हारले सेमिफाइनल सम्भावना निकै कठिन बनेको छ । दुबै टोलीलाई बाँकी खेलको तीन खेलमा लगातार जितले मात्र पुग्दैन अन्य टोलीको नतिजा र नेटरनरेटमा निर्भर हुनुपर्छ ।

पहिलो खेलमा वेस्टइन्डिज इंग्ल्यान्डसँग ५५ रनमा अल आउट भएको थियो । खराब ब्याटिङका साथ आफ्नो टि२० इतिहासमै पहिलो पटक इंग्ल्यान्डसँग ६ विकेटले पराजित हुन पुगेको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ४३ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ८ विकेटले हराएको थियो । बंगलादेश पहिलो खेलमा श्रीलंकासँग ५ विकेट र दोस्रो खेलमा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

बंगलादेशको प्लेइङ ११ : महमुदूल्लाह रियाद (कप्तान), सकिब अल हसन, मुश्फिकुर रहिम, लिटन दास, अफिफ हुसैन, मोहम्मद नईम शेख, सौम्य सरकार, मुस्ताफिजुर रहमान, माहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमद ।

वेस्टइन्डिजको प्लेइङ ११ : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (उपकप्तान), अकिल हुसैन, ड्बेन ब्राभो, क्रिस गेल, शिम्रन हेटमायर, इभिन लेविस, आन्द्रे रसेल, रोश्टन चेश, रवि रामपाउल र जेसन होल्डर।

हेड टु हेड :

वेस्टइन्डिज र बंगलादेशबीच कुल १२ टि२० आई खेल भएका छन् । वेस्टइन्डिज ६ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । १ खेलको नतिजा बिहीन छ । वेस्टइन्डिजसँगको पछिल्ला पाँच टि२० आई खेलमा बंगलादेशले ३ खेलमा जित र २ मा हार बेहोरेको छ । टि२० विश्वकपमा यी दुई टोलीबीच मात्र २ खेल भएको छ । २००७ को विश्वकपमा बंगलादेश ६ विकेटले विजयी हुँदा २०१४ मा वेस्टइन्डिज ७३ रनले विजयी भएको थियो ।

अंक तालिका

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । २ खेलमा १ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । बंगलादेश २ खेलमा अंक बिहीन हुँदै पाँचौं र समान खेल र नतिजाको साथ वेस्टइन्डिज पुछारमा छन् ।

सुपर १२ को समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान १ खेलमा १ मा जितका साथ दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.