default_image

3 years ago

October 28, 2021

श्रीलंकाविरुद्ध अष्ट्रेलिया टस जितेर पहिला फिल्डिङ गर्दै

47 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ अन्तर्गत समूह ए को खेलमा अष्ट्रेलियाले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

अष्ट्रेलियाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । श्रीलंकाले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर बिनुरा फर्नान्डोको स्थानमा स्पिनर महेश थेक्शानालाई मौका दिएको छ ।

सुपर १२ मा दुबै टोली लगातार दोस्रो जितको सोचमा छन् । श्रीलंका समूह ए को विजेता रुपमा सुपर १२ मा स्थान बनाएको हो । श्रीलंका पहिलो चरणमा तीन खेलमा तीनमानै जितका साथ समूह विजेता बनेको थियो । सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटलेनै पराजित गरेको थियो ।

यता श्रीलंका अष्ट्रेलियालाई स्तब्ध पार्ने सोचमा छ । श्रीलंकाले विश्वकपमा सानदार प्रदर्शन गर्दै आएको छ । पहिलो चरणमा नामिबियालाई ७ विकेट, आयरल्यान्डलाई ७० रन र नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको थियो ।

अष्ट्रेलिया प्लेइङ ११ :

आरोन फिन्च (कप्तान), प्याट कमिन्स, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।

श्रीलंका प्लेइङ ११ :

दासुन शनका (कप्तान) कुसल पेरेरा, अविष्का फनान्डो, भानुका राजपक्षे, चरिथ असालंका, वानिन्दु हसरंगा,महेश थेक्शाना , चामिका करुणारत्ने, लाहिरु कुमारा, दुश्मन्था चामिरा, पाथुम निसंका ।

हेड टु हेड :

यी दुई देशबीच कुल १६ टि२० आई खेल भएका छन् । जसमा दुबै टोलीले ८–८ मा जित निकालेका छन् । पछिल्ला चार खेलमा अष्ट्रेलियाले लगातार जित निकालेको छ । श्रीलंकाले २०१७ मा अष्ट्रेलियालाई अन्तिम पटक २ विकेटले पराजित गरेको थियो । चार वर्षको अन्तरमा श्रीलंका टोलीको स्तरमा धेरै परिवर्त आएको छ । अहिले पहिला भन्दा बढी खस्केको छ ।

टि२० विश्वकपमा यी दुई देशबीच कुल ३ खेल भएका छन् । जसमा अष्ट्रेलिया २ खेलमा जित र १ खेलमा पराजित भएको छ । पछिल्लो पटक २०१० को विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । उक्त विश्वकपमा अष्ट्रेलिया ८१ रनले विजयी भएको थियो । २००९ मा श्रीलंकाले ६ विकेटले हराएको थियो । २००७ मा अष्ट्रेलियाले १० विकेटले श्रीलंकालाई पराजित गरेको थियो ।

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌ नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]

September 13, 2024

अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट रद्द

एजेन्सी – अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट टस समेत हुन नसकि रद्द भएको छ । भारतको नोयडामा हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल निरन्तरको वर्षाका कारण रद्द भएको हो । दुई टोलीबीचमा एकमात्र टेस्ट खेल रहेको थियो । टस बिना नै रद्द भएको टेस्ट क्रिकेटको इतिहासमा यो आठौं खेल हो । पछिल्लो पटक सन् १९९८ […]

September 12, 2024

पाँचौं ढोरपाटन रनिङ कप असोज तेस्रो साता

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ अर्काे महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतबार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १२ र महिलामा ५ टोलीको सहभागिता रहने क्लबका […]

Success

Thank you for your time.