3 years ago
October 26, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – आयोजक वालिङ भलिबल क्लबसँगै स्याङ्जा भलिबल क्लब र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा मंगलबार भएको खेलमा वालिङ भलिबल क्लबले शान्त भलिबल ट्रेनिङ सेन्टर पोखरालाई २५–१६, २५–१५ र २६–२४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
यस्तै स्याङ्जा भलिबल क्लबले लाली गुराँस युवा क्लबलाई २५–१०, २५–१२ र २५–८ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गर्दा दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालिले प्रगतिग्राम युथ क्लबलाई २५–११, २५–१२ र २५–१० को सेटमा हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
यसअघि सोमबार भएको उद्घाटन खेलमा अकला फेन्सी स्टोर्सले आयोजक वालिङ ‘बी’ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
बुधबार सेमिफाइनलमा दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि र अकला फेन्सी स्टोर्स गल्याङ तथा स्याङ्जा भलिबल र वालिङ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फको खेलहरु बुधबारदेखि शुरु हुनेछ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ ८ टोली तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको छ ।
साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ खेलाडी अनिवार्य हुनुपर्ने र बाँकी बाहिरका खेलाडी राख्न पाउने छन् । पुरुषतर्फको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार तथा सान्त्वना हुने टोलीले १० हजार प्राप्त गर्नेछन् । पुरुषतर्फको उत्कृष्ट खेलाडीले ५ हजार तथा व्यक्तिगत विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा वेष्ट डिफेन्स) ले जनही २ हजार प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुने टोलीले ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फको उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह–प्रायोजक चापाकोट नगरपालिका रहेको छ । विषेश सहयोगीमा भिरकोट नगरपालिका र गल्याङ नगरपालिका रहेका छन् ।
वालिङ १० स्थयी घर भएका हाल बेलायत निवासी दौजित गुरुङ, छविराज गुरुङ र हेमन्त गुरुङले पुरुषतर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । दोस्रो पुरस्कार भारतीय सेनामा कार्यरत सुर्य बहादुर गुरुङ र बेलायत निवासी टिका गुरुङले प्रायोजन गरेका छन् ।
महिलातर्फको प्रथम पुरस्कार भुपेन लामिछानेले तथा दोस्रो पुस्कार वालिङकै हाल फ्रान्समा रहेका अंकित गुरुङ र समाजसेवी रामबच्छ निवासी विरेन्द्र श्रेष्ठले प्रायोजना गरेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]