3 years ago
October 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेन नयाँ राष्ट्रिय किर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औं फिना बिश्व च्याम्पियनसिप २०२१ का लागि छनोट हुन सफल भएका छन् ।
नेपाल पौडी संघले आईतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टाइलमा १ मिनेट ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।
यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनेट ००.०४ सेकेण्डको किर्तिमान रहेको थियो । शाहले उक्त किर्तिमान २ बर्ष अघि काठमाडौमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए । दुई पुरुष र दुई महिलाको लागि भएको छनौट प्रतियोगितामा ओलम्पियन शाह पनि छनौट भएका छन् ।
नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पियकमा सहभागि भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिका सिंहलाई उनीहरु उच्च शिक्षा अध्ययनका लागि बिदेशमा रहेकोले उनीहरुको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाईरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई बिश्व च्याम्पियनसिपमा छनोट गर्ने निर्णय गरेको र शाहले उक्त मापदण्डलाई पुरा गरेका कारण छनोट हुन सफल भएको तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले सहभागी हुन नसकेको नेपाल पौडी संघले जनाएको छ ।
दुई महिलातर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले बिश्व च्याम्पियनसिपको लागि छनोट भएकी छिन् । अनुशियाले १०० मिटर फ्रिस्टाइलमा १ मिनेट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनौट हुन सफल भएका हुन् ।
सोही छनाटका क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय किर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेण्डमा पुरा गरेका थिए । यस अघि उक्त दूरीको किर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनेट ००.२५ सेकेण्डको रहेको थियो । शाहले उक्त किर्तिमान नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]