default_image

3 years ago

October 24, 2021

मनीष र रोनिशा पहिलो

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । पुरुष सिंगल्समा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् ।

पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए । गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रानमा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य जिते ।

४० वर्षमाथि जयराम महर्जन प्रथम, उमेश मानन्धर द्वितीय तथा नरेश रावल र ज्ञानेश्वर महर्जन तृतीय बने । ५० वर्षमाथि किरण व्यञ्जन्कार, नदिम शाक्य तथा प्रकाश धाख्वा र किरणमुनि वज्राचार्य क्रमशः शीर्ष तीन स्थानमा रहे ।

महिला एकल भेट्रानमा इन्दिरा पराजुली पहिलो, सविता बस्नेत केसी दोश्रो तथा मन्दिरा शाक्य र सम्झना पोखरेल शाह तेश्रो भए । पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेमा सुभन शाह र समिर श्रेष्ठ, मनीष खरेल र प्रवीण श्रेष्ठ तथा सुमन शाक्य र आरिस महर्जन-जयराम महर्जन र निकेश जोशीको जोडी रहे ।

विजेतालाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.