3 years ago
October 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ ।
नेपाल बक्सिङ संघले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट चारजना खेलाडीसहितको अफिसियललाई बिदाई गरेका हुन् । युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडी तथा अफिसियसलाई बिदाई गर्दै उच्च प्रदर्शनका साथै पदक जित्नको लागि प्रेरणा दिएका छन् ।
च्याम्पियनसिप अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुदैछ । विश्वका १०५ राष्ट्रको १३ वटा तौल समुहमा ६५० जना खेलाडीहरुको सहभागिता रहेको यस बृहत बक्सिङ प्रतियोगिताको प्रत्येक तौल समुहमा स्वर्ण पदक विजेताले एक लाख डलर, रजत पदक जित्ने ५० हजार डलर र कास्य पदक जित्ने दुर्ई जनाले समान २५ हजार डलरसँगै मेडल, प्रमाणपत्र र च्याम्पीयनसिप वेल्ट प्राप्त गर्नेछ ।
नेपाल बक्सिङ संघले आयोजना गरेको बक्सिङ प्रतियोगिताबाट गठन गरिएको छनोट समितिले खेलाडी छनोट गरेको हो । ४८ केजी तौल समुहमा रविन थापा, ५७ केजी तौल समुहमा पुरन राई, ६३.५ केजी तौल समुहमा भुपेन्द्र थापा र ६७ केजी. तौल समुहमा सनिल शाहीले प्रतिस्पर्धा गर्नेछ ।
प्रशिक्षकमा प्रमुख प्रशिक्षक प्रकास थापामगर, प्रशिक्षकमा किशोर लिम्बु र अफिसियलमा मान बहादुर भण्डारी र प्रनिर अधिकारी रहेका छन् । बक्सिङ टोली शुक्रबार राति नै फलाई दुवई एरलाईसबाट प्रस्थान गरेका छन् । अन्तराष्ट्रिय बक्सिङ संघको ७५ वर्षको मनाउने क्रममा आइवाको निमन्त्रणमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले समेतको सहभागिता रहनेछ ।
सहभागी खेलाडी एवं प्रशिक्षकहरुलाई नेपाल लोकतान्त्रिक खेलकुद संघबाट १ जोर ट्राकसुट, नेपाल बक्सिङ संघ उपाध्यक्ष भोजराज सिटौला ज्यूबाट पनि १ जोर ट्रयाकसुट, आठौं सागका स्वर्णपदक विजेता रामचन्द्र थापामगरबाट भेष्ट र होसन्ना चिन्नी भट्टा उद्योगबाट खेलाडीहरुको रिङ ड्रेस २–२ सेट प्रायोजन गरिएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]