default_image

3 years ago

October 21, 2021

वालिङमा पुरुष तथा महिला भलिबल हुने

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ खेलाडी अनिवार्य हुनुपर्ने र बाँकी बाहिरका खेलाडी राख्न पाउने क्लबका अध्यक्ष दिपेन्द्र खाँडले जानकारी गराए ।

पुरुषतर्फको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार तथा सान्त्वना हुने टोलीले १० हजार प्राप्त गर्नेछन् । पुरुषतर्फको उत्कृष्ट खेलाडीले ५ हजार तथा व्यक्तिगत विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा वेष्ट डिफेन्स) ले जनही २ हजार प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुने टोलीले ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फको उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह–प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.