default_image

8 years ago

November 13, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोलीको अर्को हार

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दा माल्दिभ्सको महिला भलिबल लिगमा आइतबार पराजित भएको छ । फेयस्दा पुलिस क्लबसँग पराजित भएको थियो । अरुणा र मञ्जुको टोलीले पहिलो सेटमा कडा टक्कर दिएपनि त्यसपछिको सेटमा भने कमजोर भयो । पुलिस क्लबले २७–२५, २५–१२, २५–१९ ले विजयी भएको थियो ।

manju-and-aruna
पहिलो खेलमा पनि पराजित भएको फेयस्दाले दोस्रो खेल जितेको थियो । राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले भने मिस्कियामागु इजीबाट त्यहाँको लिग खेलिरहेका छन् । प्रतिभा र कोपिलाको टोलीले भने ३ खेलमा २ जित र १ खेलमा हार बेहोरेको थियो । अब लिगको अन्तिम दिन बुधबार प्रतिभा र कोपिलाको टोली मिस्कियागु तथा मञ्जु र अरुणको टोली फेयस्दाबीच प्रतिस्पर्धा हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.