3 years ago
October 18, 2021
एजेन्सी – आयरल्यान्डका तीव्र गतिका युवा बलिङ अलराउन्डर कर्टिस क्याम्फरले आइसिसी टि२० विश्वकप समूह ए को पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध चार बलमा लगातार चार विकेट लिएका छन् । कर्टिसको लगातार चार विकेटसँगै नेदरल्यान्ड्सले आयरल्यान्डलाई १ सय ७ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।
आबूधाबीमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ रनमा अल आउट भयो । नेदरल्याड्सका ओपनर म्याक्स ओडाउडले ४७ बलमा ७ चौका सहित सर्वाधिक ५१ रन बनाए । कप्तान पिटर सिलारले २१ र भान बिकले ११ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
कर्टिसले नेदरल्यान्ड्सविरुद्ध १० औं ओभरमा यस सफलता हात पारेका हुन् । कर्टिसले दशौं ओभरको दोस्रो बलमा कोलिन एकरमनलाई निल रकबाट ११ रनमा क्याच आउट गराएका थिए । तेस्रो बलमा रायन टेन डेस्काटेलाई शून्यमा एलबीडब्लू आउट गरे । चौथो बलमा स्कर्ट एडवाड्र्सलाई शून्यमा एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । पाँचौं बलमा रोलेफ भान मर्वेलाई शून्यमा बोल्ड गरे । तीनै खेलाडी गोल्डेन डक पेभिलिएन फर्किए ।
टि२० आई चार बलमा लगातार चार विकेट लिने कर्टिस तेस्रो खेलाडी हुन् । यसअघि २०१९ मा अफगानिस्तानका स्पिनर राशिद खानले आयरल्यान्डविरुद्ध चार बलमा चार विकेट लिएका थिए । २०१९ मानै श्रीलंका पूर्व तीव्र गतिका बलर लासिथ मलिङ्गाले न्युजिल्यान्डविरुद्ध चार बलमा लगातार चार विकेट लिएका थिए ।
आयरल्यान्डका कर्टिस क्याम्फरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । मार्क आदिरले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । जोश लिटिलको नाममा १ विकेट रह्यो ।
यो पनि पढ्नुहोस् : यसअघि कर्टिस बारे लेखिएको जीवनी दक्षिण अफ्रीकी कर्टिसको आयरल्यान्डबाट डेब्यु
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]