default_image

3 years ago

October 11, 2021

ग्रेडिङमा निरज पहिलो

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका निरज बोहरा तेश्रो गोर्खा खुकुरी मार्सल आर्ट्स ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा पहिलो भएका छन् । उनले सर्वाधिक ७५ अंक हासिल गरे ।

नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित ग्रेडिङमा सुदूरपश्चिमकै गोविन्द कठायत दोश्रो तथा बागमती प्रदेशकी सुजिता तामाङ तेश्रो भए । गोविन्दले ६७ तथा सुजिताले ६२ अंक ल्याएको आयोजक संघका प्रमुख प्रशिक्षक रणबहादुर बोगटीले जनाएका छन् ।

बागमतीका काजल खत्री, अनुष्का अधिकारी, ममता खत्री र सुष्मा तामाङ, लुम्बिनीकी सफलता राना मगर तथा सुदूरपश्चिमका आयुश बुढाथोकी, पविता बोहरा र सचिन बोगती उत्कृष्ट घोषित भए ।

तार्केश्वर नगरपालिकाको चिम्बर पोखरीमा भएको साताव्यापी ग्रेडिङ मुख्य प्रशिक्षक बोगटीले सञ्चालन गरेका थिए । उनका सहयोगीका रुपमा रविना घर्ती मगर, जीवन विक, सुजन तामाङ, विकेशराज श्रेष्ठ र सचिता बुढाथोकी रहेका छन् । यसैबीच चिम्बर पोखरी गोर्खा खुकुरी शाखाको बैठक पनि सम्पन्न भएको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.