8 years ago
November 13, 2016
जनम बराल
इटहरी -ताप्लेजुङको फुङलिङमा पुसमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने प्रतियोगितामा तीन विभागिय टोली नेपाल आर्मी, नेपाल पुलिस र एपिएफल तथा पाँच विकास क्षेत्रका गरि ८ टोलीको सहभागिता रहने आयोजक जिल्ला भलिबल संघक अध्यक्ष दिवश चोङ्वाङले बताएका छन् ।
अध्यक्ष चोङ्वाङले प्रतियोगिता आयोजनाले स्थानियले खेलबाट मरोञ्जनका लागि भलिबल खेलतर्फ युवाहरुको आकर्षण बढ्ने विश्वास लिए । पाँच दिन सम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख ३० हजार र दोस्रो हुने टोलीले १ लाख ६५ हजार रुपैया प्राप्त गर्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]