default_image

3 years ago

October 10, 2021

विष्णु र उमेशलाई उपाधि

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विष्णुप्रसाद बस्नेत र उमेश धितालले कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

मुलपानीको अमरसिंह चोकस्थित कभर्डहलमा आइतबार भएको फाइनलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१–९ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी मनाहोरा नगर खेलकुद विकास समितिको तत्वावधानमा भएको प्रतियोगितामा मनोज खड्का र हरि थापा तथा सिद्धार्थ लामा र अजम्बर श्रेष्ठको जोडी तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र १ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई कागेशवरी मनोहराका मेयर कृष्णहरि थापा, वडा ७ का अध्यक्ष जीवन थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी राजाराम सिलवाल, अमरचन्द्र बोहरा, नेप्लिज तेक्वान्दो एकेडेमीका महासचिव तीर्थराज घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

दुईदिने प्रतियोगितामा १३ जोडीले पुरुष डबल्समा स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित प्रतियोगिताको यो पहिलो संस्करण हो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.