default_image

8 years ago

November 13, 2016

यू १९ एसिया कपका लागि ट्यालेन्ट हन्ट कार्यक्रम हुने

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू १९ एसिया कपको लागि नेपालले पनि तयारी सुरु गर्ने भएको छ । एसिया कपको तयारीका लागि नेपालले भने यसै साताबाट ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने भएको छ ।
acc-copyनेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्य संचालन अधिकृत छुम्बी लामाले शनिबार जारी गरेको विज्ञप्तीमा देशका विभिन्न ६ शहरमा छनोट कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । हरेक क्षेत्रिय क्रिकेट विकास समितिमा रहेका खेलाडीलाई प्रतिभा देखाउन उद्देश्यका साथ छनोट कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । छ ठाँउका लागि अलग व्यक्तिलाई सम्पर्क व्यक्ति समेत तोकिएको छ । २०५५ साल भदौ १६ गते जन्मेका वा त्यो भन्दा पछि जन्मेका खेलाडीले मात्र यू १९ ट्यालेन्ट हन्ट कार्यक्रममा भाग लिन पाउनेछन् । कार्यक्रममा भाग भाग लिन दुई सय शुल्क तिर्नुपर्ने भने जन्मदर्ता र एसएलसीको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने बताइएको छ ।
उमेर प्रमाणित गर्दा दोषी देखिए त्यस्ता खेलाडीलाई प्रतिबन्ध सम्म लगाउन सकिने बताएका छन् । पहिलो चरणबाट ४४ खेलाडी छनोट गरिने र ती खेलाडीलाई मंसिर ९ गतेबाट बन्द प्रशिक्षणमा राखिने बताएउको छ । यसअघि अन्तर्राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगिता खेलिसकेको र त्यसको बन्द प्रशिक्षण रहिसकेका स्वतः पहिलो चरणको छनोटमा पर्ने मा सहभागि खेलाडी भने यसपटक बन्द प्रशिक्षणका लागि स्वतः छनोटमा पर्ने विज्ञप्तीमार्फत जानकारी दिइएको छ । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत बहादुर टमाट्टा, यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद कुमार दास र राष्ट्रिय क्रिकेट टिमका टेक्निकल एनालिष्ट रमन सिवाकोटी रहेको ३ सदस्यीय समितिले ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

ट्यालेन्ट कार्यक्रमका लागि स्थान र सम्पर्क व्यक्तिहरु
विराटनगर – महेश रिजाल र प्रदीपराज पाण्डे
विरगञ्ज र जनकपुर– सुवास जैसवाल, उमेश उपाध्याय, प्रकाश शर्मा र नविन सिंह
काठमाडौं – सामसन जङ्ग थापा, मञ्जुर आलम खान र कलाम अलि
भैरहवा र पोखरा – जङ्गब हादुर थापा, शंकर राना, बसन्त शाही र रिजन प्रजु
नेपालगञ्ज – दिपेन्द्र प्रताप सिंह,जमलि अन्सारी
धनगढी र बैतडी – सुवास शाही ,विरेन्द्र शाही र किसन महत

ट्यालेन्ट हन्ट कार्यक्रम हुने स्थान, मिति (मैदान)
विराटनगर – मंसिर ३ गते (विराटनगर)
विरगञ्ज, जनकपुर – मंसिर ५,६ गते (विरगन्ज)
काठमाडौ – कार्तिक ३० र मंसिर १ गते (कीर्तिपुर)
भैरहवा, पोखरा – मंसिर ६ गते (भैरहवा)
नेपालगञ्ज – मंसिर ४ गते (नेपालगञ्ज)
धनगढी, वैताडी – मंसिर २ र ३ गते (धनगढी)

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.