3 years ago
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बिडब्लुएफ सर्टिफाइड अम्पायर उदय अर्याल एक्स स्पोर्ट्स मेन्स क्लबको आजीवन सदस्य बनेका छन् ।
रानी मिल्स एरियामा शनिबार नेपालीहरुको महान् पर्व विजयी दशामीको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा क्लबका अध्यक्ष गम्भीर लामाले उनलाई क्लबको आजीवन सदस्य घोषणा गरेका हुन् । अम्पायर अर्याल त्यस क्षेत्रबाट ओलम्पिकमा सहभागी हुने पहिलो व्यक्ति भएको हुदा उनको सम्मानस्वरुप आजीवन सदस्यता प्रदान गरेको क्लबका सचिव हिमाल शेर्पाले बताए ।
कार्यक्रममा क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका जीवित र दिवंगत पुर्व खेलाडीहरुलाई पनि सम्मानित गरिएको थियो ।
यस्तै गत महिना जापानको टोकियोमा भएको टोकियो पारालिम्पिकमा लाइन जजको भुमिका निर्वाह गरेका अम्पायर अर्याललाई लियो क्लब अफ इटहरी सिटीले कदर पत्रले सम्मानित गरेका छन् ।
नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री कटवाल भण्डारीलगायतले उनलाई सम्मानित गरे ।
सम्मान कार्यक्रम दौरान लियो क्लब अफ इटहरी सिटीले लाइन्स क्लबका साथ मिलेर आगमी माघ महिनामा प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।