default_image

3 years ago

October 9, 2021

अकी र सर्वाणीलाई स्वर्ण

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अकी जुवेन रावतले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।

धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भएको फाइनलमा अकीले आर्यन गिरीलाई ६–३ र ६–२ को सोझो सेटमा परजित गरे ।
सोही स्पर्धाको गल्र्सको उपाधि भिडन्तमा सर्वानी श्रेष्ठले सुनिरा थापालाई ६–४ र ७–५ को सोझो सेटमा हराइन् ।

यु–१४ ब्वाइज सिंगल्स फाइनलमा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–४ र ६–० को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारे । उक्त स्पर्धाको गल्र्समा सुनिरा थापाले आध्या पौडेललाई २–० को सोझो सेटमा पन्छाइन् ।

डबल्सको ब्वाइजमा अकी जुवेन रावत र निहालजंग थापाको जोडी तथा गल्र्समा इशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले पहिलो स्थान हात पारे । विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.