3 years ago
October 9, 2021
धनगढी (हाम्रो खेलकुद) – प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । धनगढीमा आयोजना गरिएको फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो ।
पहिलो सेट २५–२२ ले जितेको डोटीले दोस्रो सेट सजिलै २५–१३ ले जित्यो । त्यस्तै तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ ले जित्दै च्याम्पियन भएको हो । उपाधिसँगै डोटीले १ लाख रुपैया र ट्रफी हात पारेको छ ।
दोस्रो भएको डडेल्धुराले ५० हजारमा चिक्त बुझाएको छ । सेमिफाइनलमा पराजित भएका कैलाली र कन्चनपुरले समान २५–२५ हजार रुपैया पाएका छन् ।
डोटीका प्रसान्त साहु प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिए । कञ्चनपुरका सन्तोष महता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट सेटर, डडेल्धुराका वीरवहादुर विक उत्कृष्ट स्पाईकर र डोटीका अनिल जोशी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले पनि पुरस्कार पाएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई परिषदका सदस्य सचिव दिपकबहादुर सिंह, सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीलगायतले पुरस्कृत गरे ।
सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूको सहभागिता रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]