default_image

3 years ago

October 8, 2021

दीपक र भवानीको जोडी क्वाटरमा

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) दीपक लामा र भवानी थापा दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा विजेता जोडीको भेट उमेश राई र देवी पराजुलीको जोडीसँग हुनेछ ।

गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगिताको अन्य खेलमा टंक पराजुली र विश्व पौडेलको जोडीले कृष्ण धिताल र लक्ष्मण चौलागाईंको जोडीलाई २१–१७ र २१–१४ तथा बाबुराम ढकाल र भुवल तामाङको जोडीले कृष्ण खतिवडा र विकास न्यौपानेको जोडीलाई २३–२१ र २१–१४ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

त्यस्तै प्रकाश पराजुली र कुमार पन्तको जोडीले सन्तोष बुढाथोकी र भरत बुढाथोकीको जोडीलाई २१–१५ र २१–१२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.