default_image

3 years ago

October 7, 2021

अष्ट्रियामा मन्देकाजी र मुकुन्द्र सम्मानित

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनआरएनए एलसीसी साल्जवर्गले गत आइतबार जर्मनीमा भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा दोहोरो स्पर्णपदक मन्देकाजी श्रेष्ठ र एक स्वर्ण र एक कास्यपदक जित्न सफल मुकुन्द्र महर्जनलाई सम्मानित गरेका छन् ।

एनआरएनए एलसीसी साल्जवर्गका अध्यक्ष शिव खड्का, अष्ट्रियाका आइसीसी सदस्य बिकास कार्की, एलसीसी साल्जवर्गका संरक्षक तथासंघका सम्पुर्ण सदस्यले उनीहरुलाई सम्मान पत्र र मायाको चिनोले सम्मानित गरेका हुन् । सम्मानपछि एनआरएनए एलसीसी साल्जवर्गले भावी समयमा खेलकुद क्षेत्रमा साथ दिने बताएका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण जित्न सफल भएका थिए । यस्तै मुकुन्द्र महर्जनले ३० वर्षमाथिको उमेर समूहका स्वर्णपदक र ७५ केजी तौल समूहमा कास्यपदक जित्न सफल भएका छन् ।

उक्त च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र २ कास्यपदक जित्न सफल हुदा सिनियर एकल कातामा सुमन तिमल्सिनाले कास्य तथा आफ्नो उमेर समूहमा स्वर्णपदक जितेका थिए । च्याम्पियनसिपमा आयोजक जर्मनीसँगै पोल्यान्ड, अष्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन र बेल्जियमलगायतको राष्ट्रको सहभागिता रहेको थियो ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.