3 years ago
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ड्रागन उसु क्वानले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । ड्रागनले ७ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा काठमाडौं उसु क्वान ५ स्वर्ण, ५ रजत र १० कांस्य जित्दै दोश्रो भयो । तेश्रो स्थानको त्रिकोण उसु क्वानले ५ स्वर्ण, ३ रजत र २ कांस्य हात पा¥यो ।
राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुषमा त्रिकोणका मनीष तामाङ तथा महिलामा ड्रागनकी लाक्पा डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । सान्सौंको पुरुषमा काठमाडौंका नवीन माझी तथा महिलामा यिङयान उसु क्वानकी रेश्मा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा २ सय १० खेलाडीले ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]