3 years ago
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन वल्र्ड फेडेरेशनको कोर्ष गर्न डेनमार्क प्रस्थान गर्न लागेका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापालाई ब्याडमिन्टनका टेक्निकल अफिसियलले बिहिबार शुभकामनासहित बिदाई गरेका छन् ।
थापालाई नेपाल ब्याडमिन्टन संघसँग आवद्ध अन्तर्राष्ट्रिय अम्पायर तथा राष्ट्रिय रेफ्रि किरण कारञ्जित, राष्ट्रिय रेफ्री अनुप शाक्य तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अम्पायरहरुले खादामाला लगाएर बिदाई गरे ।
ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर थापा बिश्व ब्याडमिन्टन महासंघले प्रदान गर्ने बिडब्लुएफ एक्रिडिएसन कोर्ष गर्नका लागि डेनमार्क प्रस्थान गर्न लागेका हुन् । थापा यो कोर्ष गर्ने पहिलो नेपाली निर्णायक हुनेछन् ।
विश्व ब्याडमिन्टन महासंघले डेनमार्कको ओडेन्समा कार्तिक २ देखि ७ सम्म आयोजना हुने भिक्टर डेनमार्क खुल्ला २०२१ का दौरान उक्त कोर्ष सञ्चालन गर्न लागेको हो । थापाले कोर्षका दौरान उक्त प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्नेछन् ।
थापा सुकिर्ती पदकबाट समेत सम्मानित ब्यक्तित्व हुन् । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेका थापाले पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै सन् २०१६ मा रियो ओलम्पिकमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।